२० लाखसम्मको कृषि कर्जालाई विपन्न वर्ग कर्जामा गणना गरिने, बीमा अनिवार्य

२०७८ आश्विन ७ गते प्रकाशित

काठमाडौं । वास्तविक कृषि व्यवसायीले पाउने २० लाखसम्मको कृषि कर्जालाई विपन्न वर्ग कर्जामा गणना गरिने भएको छ । 

कृषि व्यवसाय सञ्चालन गर्न परियोजनाको धितोमा प्रवाह हुने कर्जालाई विपन्न वर्ग कर्जामा गणना गर्ने व्यवस्था गरिएको नेपाल राष्ट्र बैंकका गर्भनर महाप

्रसाद अधिकारीले बताए ।

चालू आर्थिक वर्ष २०७८/०७९ को मौद्रिक नीति सार्वजनिक गर्दै उनले २० लाखसम्मको कृषि कर्जालाई विपन्न वर्ग कर्जामा गणना हुने र त्यसको अनिवार्य बीमा गर्नुपर्ने बताए ।