गोविन्द थपलिया जसले जन्मे हुर्केकै माटोमा कृषिकर्म रोजे

२०७८ आश्विन ७ गते प्रकाशित

काठमाडौं । कुनै बेला एउटा कर्म र पेशाले कहलिएको मानिस समयको परिवर्तनसँगै उसको सोच, पेशा र कर्म बदलिन्छ । र, उसको नयाँ परिचय र पहिचान कायम बन्छ । धन कमाएर मात्र मात्र मानिस सन्तुष्ट हुँदैन् ।

आफ्नो कामबाट नै उसलाई आत्मसन्तुष्ट हुने गर्छ । लामो समय सरकारी सेवामा काम गरेर आफ्नो छुट्टै पहिचान बटुलेर अहिले व्यवसायिक कृषि पेशामा होमिएका छन, गोविन्द थपलिया ।

उनलाई अहिले पनि धेरैले पर्यटन व्यवसायीका रुपमा चिन्छन् । तर, उनी त्य

ो पेशा छाडेर व्यवसायिक रुपमा कृषितर्फ होमिएका छन् । उनी अहिले व्यवसायिक किसानको रुपमा आफुलाई चिनाउन चाहन्छन् ।

उनको विगत कोट्याउने हो भने वि.सं २०५४ सालमा नेपाल प्रहरीमा जागिरे समेत थिए । करिब १३ वर्ष लामो देशको शान्ति शुरक्षा गरेर सरकारी जागिरे समेत बने उनी । मान्छेको सोच र भावी योजना कसरी बन्छ, र कहाँ गएर बाटो मोडिन्छ, पत्तै हुँदैन । थपलियाले पनि आफुले आफ्नै केही गर्नुपर्छ भनेर त्यतिबेलाको सरकारी जागिर छाडेर म्यानपावर व्यवसायमा हात हाले ।

उनले २०५८ सालमा आफ्नै म्यानपावर खोले । पैसा पनि राम्रो कमाइ गरिरहेका थिए । तर, त्यसबाट उनलाई सोचेजस्तो सन्तुष्टि मिलेन् ।  अर्थात, उनले म्यानपावर व्यवसाय सँगसँगै वि.सं २०६३ सालदेखि तरकारी खेती समेत सुरु गरे । 

उनको कृषि फार्म काभ्रेको पाँचखाल नगरपालिका–११ कर्मटारमा रहेको छ । डरलाग्दो झाडी र खोरिया फाँडेर उनले त्यही पशुपालन फार्म सुरु गरे । ‘ग्रामीण कृषि फार्म’ खोलेर उनले झन्डै ५२ रोपनी क्षेत्रफलमा ब्रोइलर कुखुरा, बोयर बाख्रा, गाई, भैँसी, टर्की, कालिज, हाँस र बंगुरपालन गरिरहेका छन् ।

मुलुकलाई मासुमा आत्मनिर्भर बनाउनुपर्छ भनेर मासुजन्य पशुपालन व्यवसाय रोजेको थपलिया बताउँछन् । उसो त उनले तरकारी उत्पादन गरेर आम्दानी समेत गर्दै आएका छन् । 

उनले ९ वर्षअघि देखि तरकारी खेती सुरु गरको थिए । हालसम्म तरकारी खेतीमा मात्रै झन्डै ८ करोड रुपैयाँ बढी लगानी भइसकेको थपलिया दाबी गर्छन । पशुपालनका लागि भव्य भौतिक संरचना बनाएका छन, उनले । त्यसमा उनको करिब २२ करोड रुपैयाँ लगानी भइसकेको छ । जसमध्ये, बैंकबाट झन्डै १२ करोड रुपैयाँ ऋण र बाँकी आफ्नै लगानीमा उनले फार्म सञ्चालन गरिरहेका छन् ।

सुरुमा ५ करोडबाट सुरु गरेको फार्ममा उनले चारगुणा लगानी बढाइसकेका छन् । काभ्रे पाँचखालमै जन्मिएका थपलिया आफ्नै जन्मभूमि र माटोमा केही गर्नुपर्छ भनेर कृषिकर्म रोजेको बताउँछन् । हेर्दै डरलाग्दो र भिरालो खेर गएको जमिन किनेर उनले सुरु गरेको कृषिकर्मबाट उनी सन्तुष्ट छन् ।

उनले बार्षिक करौंडोको कारोबार तरकारी, बंगुर, कुखुरा, टर्की, हासँ बिक्रिबाट गर्दै आएका छन् । सोही अनुरुप राम्रै आम्दानी गरिरहेका छन् । लोकल कुखुरा, टर्कीलगायतका चल्ला उत्पादन र अण्डा समेत बिक्रि हुने गरेको छ ।

विद्यार्थी जीवनदेखि नै निकै चलाख र मिजासिलो स्वभावका थपलिया केही न केही गर्नुपर्छ भन्ने सोचमा उनमा थियो । दुई वर्षअघि म्यानपावर व्यवसाय चटक्कै छाडेर उनी अहिले आफ्नै कृषिकर्ममा रमाइरहेका छन् । उनले म्यानपावर व्यवसायबाट राम्रै कमाई हुने भए पनि त्यसबाट मनलाई सन्तुष्ट नहुने बताउँछन् ।

‘म्यानपावर व्यवसायमा पनि मेरो १÷२ नम्बरमै आएको हो । तर, त्यो बिजनेश राम्रो होइन् । पैसा त मैले त्यहाँ कमाउँथे’ म्यानपावर सञ्चालन गर्दाताकाको कुरा सम्झिँदै उनी भन्छन, ‘किनभने त्यो व्यवसाय जनताले पनि मन नपराएको, विदेश नगई पनि नहुने र राम्रो पनि नहुने हुँदो रहेछ ।’

म्यानपावर खोल्दाताका उनको खाइलाग्दो शरिर देखेर अरुले कमाई त तपाइहरुकै छ भनेर भन्थे । तर, श्रमिक विदेश पठाउने कुरा त्यति सजिलो थियो । सबैले विदेशमा गएर सोचेजस्तो काम कहाँ पाउन सक्छन, जसको दोष म्यानपावर व्यवसायीमाथि नै थोपरिन्थ्यो । त्यसबाट थपलिया पनि अछुतो रहेनन् ।

उनको फार्म सामान्य छैन ।  धेरै आधुनिक प्रविधियुक्त छ । कुखुराका चल्ला उत्पादनका लागि उनले ह्याचरी मेसिन पनि जडान गरिसकेका छन् । जर्मन प्रविधिबाट निर्माण गरिएको १५ हजार ब्रोइलर कुखुरा अट्ने क्षमताको भवन छ ।  

थपलियाको लोभलाग्दो कृषिकर्मको त्यसक्षेत्रका समुदाय र स्थानीयका लागि उदाहरणीय बनेको छ । त्यसक्षेत्रका करिब दुइ सय घरदूरीले समेत थपलियाको फार्मबाट बंगुरका पाठापाठी र कुखुराका चल्ला खरिद गरेर आफ्नै व्यवसाय सुरु गरिसकेका छन् । त्यसका स्थानीयहरुले पनि स–सानो स्केलमा कुखुरापालन गरिरहेको उनी बताउँछन् ।

थपलियाको लोभलाग्दो कृषिकर्मको त्यसक्षेत्रका समुदाय र स्थानीयका लागि उदाहरणीय बनेको छ । त्यसक्षेत्रका करिब दुइ सय घरदूरीले समेत थपलियाको फार्मबाट बंगुरका पाठापाठी र कुखुराका चल्ला खरिद गरेर आफ्नै व्यवसाय सुरु गरिसकेका छन् । त्यसका स्थानीयहरुले पनि स–सानो स्केलमा कुखुरापालन गरिरहेको उनी बताउँछन् ।

अहिले उनको फार्ममा १५ हजार ब्रोइलर कुखुरा छन् । त्यस्तै, एक हजार बढी लोकल कुखुरा, ६० भन्दा बढी कालिज, ९० वटा बोयर बाख्रा र १०० वटा बंगुर छन् । साढे २ सय वटा बाख्रा पाल्न सकिने फार्म आधुनिक प्रविधियुक्त छ । पाँच सय बंगुर पाल्न सक्ने क्षमताको बंगुर खोेर छ ।

फार्म शुरक्षाका लागि गार्ड राखिएको छ । फार्म रेखदेख र काम गर्ने गरी ६२ जनाले प्रत्यक्ष रोजगारी पाएका छन । फार्ममा ४२ जनाले रोजगारी पाइरहेका छन् भने काठमाडौंमा तरकारी अर्डर गर्ने, ढुवानी गर्ने र बिक्रि गर्ने थप २० जनाले रोजगारी पाइरहेका छन् । तरकारी ढुवानी गर्ने पाँचओटा गाडी छन् ।

उत्पादन गरेको तरकारी र मासुजन्य वस्तुको ढुवानी र बजारको कुनै समस्या नभएको थपलिया बताउँछन् । भव्य संरचनामा निर्मित उनको फार्ममा पहिलो पटक पुग्ने जो कोही पनि आश्चर्यमा पर्छन् । कृषि कर्ममा उनलाई परिवारको राम्रो साथ छ । जतिबेला सुकै उनले फार्म हेर्न पाउँदैन्, जहाँ उनकी श्रमति बन्दना थपलियाले विगत १३ वर्षदेखि ‘फुल टाइम’ फार्म हेर्छिन । 

‘फार्ममा म जतिबेला सुकै हेर्न भ्याउँदिन, फुल टाइम नै श्रीमती बन्दना थपलियाले हेर्छिन । उनी दैनिक १८ घण्टा फाममै हुन्छिन ।’ थपलिया भन्छन, ‘म अरु काममा पनि व्यस्त हुनुपर्छ ।’  थपलिया बिहान सबेरै ४ बजे उठ्छन् । दिनभर फार्म र बाहिरी काममा व्यस्त हुन्छन् । रातको १० बजेसम्म उनी आफ्नै काम र योजनामा तल्लीन हुन्छन् । 

मासुको ब्रान्ड आफैं बनाउने उद्धेश्यले उनले ‘मिट मेकर’ कम्पनी खोलेर मासु उत्पादन र बिक्रि वितरणको चाँजोपाँजो मिलाएका छन् । उनले ‘फार्म एग्रो’ अनलाईनमार्फत मासु तथा कुखुराका चल्लासमेत बेच्ने तथा अर्डर लिने गर्छन । एन्टीबायटिङरहित र स्वस्थकर मासु उत्पादन गर्ने थपलिया बताउँछन् । 

उमेरले ५५ वर्ष पार गरेका थपलिया अझै लगानी थपेर तीनबर्षभित्र कर्मटारीमा रहेको फार्मलाई ‘स्वर्गको टुकुरा’ जस्तै बनाउने उनको सोच छ । फार्म अवलोकन गर्न आउने जो कोहीलाई पनि अग्र्यानिक खाना र बस्नका लागि उनले फार्म रिर्सोट सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

रिर्सोट निर्माणका लागि जग्गाको व्यवस्था भइसकेको र अबको पाँच महिनाभित्र फार्म रिर्सोट सञ्चालनमा ल्याउने योजना थपलियाको छ । 

काठमाडौं । पछिल्लो समय नेपाली किसान विभिन्न पीडामा छन् । कहिले मूख्य सिजनमै रासायनिक …