काभ्रेमा धुलो दुध कारखाना लगाउन एसोसिएसनको मन्त्री लामालाई आग्रह

२०७८ आश्विन ८ गते प्रकाशित

काभ्रे । नेपाल डेरी एसोसिएसनले बागमती प्रदेश सभामा काभ्रेपलान्चोक जिल्लाबाट निर्वाचित सदस्य माननीय चन्द्र लामालाई काभ्रेमा धलो दूध कारखाना खोल्न आग्रह गरेको छ ।

एशोसिएसनले बागमती प्रदेश सरकारको भुमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री नियुक्त भएका लामालाई बधाइ तथा कार्यकालको सफलताको शुभकामना दिँदै आफ्नो कार्यकालमा समग्र कृषि क्षेत्रको विकाससँगै दुग्ध क्षेत्रको विकासमा सहयोग गर्न आग्रह गरेको हो ।

नेपालमा पहिलो डेरी स्थापना भएको काभ्रे जिल्लामा केही खास पहिचान हुने काम गरि जिल्लाको दुधको इतिहास बचाउन अनुरोध गरेको हो।

सो अवसरमा एशोसिएसनका महासचिव प्रल्हाद दाहालले काभ्रे जिल्ला सबैभन्दा धेरै दुध उत्पादन हुने र दुधमा पहिलो आत्मनिर्भर भएको बताए । उनले दूग्ध क्षेत्रमा भने जति विकास हुनुपर्ने हो त्यति हुन नसकेर किसान र उद्योगले त्यति सहजता अनूभूत गर्न नसकेको बताए ।

उनले काभ्रेमै डेरी टेक्निकल ईन्स्टिच्यु बनाउन पहल गर्न मन्त्री लामासमक्ष आग्रह गरे । प्रायः सबै जिल्लामा दुध कम बिक्री हुने समयमा किसानको दुध खेर जाने गरेको र सो रोक्न धुलो दुध खारखाना अति आवश्यक भएको कुरा पनि दाहालले बताए।

त्यस्तै, केन्द्रिय सदस्य मनोज घिमिरेले नेपाल डेरी एसोसिएसनको अवधारणा राख्दै मन्त्री लामालाई बधाई दिए । एसोसिएसनका बागमती प्रदेश सचिव व गोपाल तिमल्सिनाले बधाई दिँदै मन्त्रीज्युको दुग्ध क्षेत्रलाई हेर्ने नजर फराकिलो बनाउन अनुरोध गरे ।

प्रदेशका कोषाध्यक्ष नवराज तिमल्सिनाले आफू पनि काभ्रेको भएको र मन्त्रीज्यु पनि काभ्रेकै पाएकोमा खुशी ब्यक्त गरे । त्यस्तै, बधाई दिने कार्यक्रमका प्रदेश सदस्य श्याम घिमिरेले नेपाल डेरी एसोसिएसन बागमती प्रदेशकोबारे बताउँदै बागमती प्रदेश सबैभन्दा बढि दुध खपत हुने प्रदेश भएको र यो प्रदेशलाई चाडैं दुधमा आत्मनिर्भर बनाउनेतर्फ कार्यक्रम ल्याउन मन्त्रीसमक्ष आग्रह गरे।

कार्यक्रम समापन समारोहमा प्रदेश सदस्य धुब्र तिवारीले बधाई दिँदै एसोसिएसनलाई माया गरि समय उपलब्धि गराइदिएकोमा मन्त्री लामालाई धन्यवाद दिँदै दुग्ध क्षेत्रको समग्र विकासमा प्रदेश सरकारको सहयोगको अपेक्षा रहेको बताए ।