चितवनको बच्छ्यौलीमा मेसिनबाटै धानका बेर्ना उत्पादन(फोटोफिचर)

२०७८ आश्विन ८ गते प्रकाशित

काठमाडौं । मेसिनको सहायताबाट नै धानको बेर्ना उत्पादन गर्न थालिएपछि चितवनका किसान उत्साहित देखिएका छन । धानको बीउ छर्न धेरै झन्झट र दूःख हुने तर मेसिनबाट बीउ राख्दा कम खर्च लाग्ने गरेको किसान बताउँछन ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्र्तगत चितवनको रत्न नगरपालिका ६  बछ्यौलीका किसानले यो प्रविधिमार्फत धानको बेर्ना लगाउन थालेका हुन ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्र्तगत चक्लाबन्दी खेतीका लािग सामुदायिक धान बेर्ना उत्पादन केन्द्रमार्फत त्यहाँका किसानले मेसिनबाट धानको बेर्ना लगाउन थालेका हुन ।

मेसिनबाटै उन्नत जातको धानको बेर्ना उत्पादन भएपछि किसानलाई सहज र लागत कम भए पनि जनशक्ति अभाव भएको साना किसान कृषि सहकारी बछ्यौलीका अध्यक्ष नारायण महतो बताउँछन । चितवनमा ३० विघा क्षेत्रफलमा जमिनको चक्लाबन्दी गरी ३५ किसानले नयाँ प्रविधिमार्फत धान खेती सुरु गरेका छन ।