काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री बसन्तकुमार नेम्वाङले खुमलटारस्थित कृषि अनुसन्धान परिषद् परिशरमा पुगेर धान रोपेका छन् । उनले आधुनिक प्रविधि मेसिनको सहायता र हातले नै धान रोपेका हुन् ।
मन्त्री नेम्वाङले हिलाम्य खेतमा धान रापेका थिए । उनीसँगै कृषि सचिव कार्कीले पनि धानको बीउ हिलाम्य खेतमा रोपेका थिए ।
१८ औं राष्ट्रिय धान दिवश तथा रोपाइँ महोत्सवको मूल समारोहमा बोल्दै मन्त्री नेम्बाङले कृषिप्रधान मुलुक नेपालको प्रमुख खाद्य बाली धानको उ
त्पादन र उत्पादकत्व वृद्धिमा सम्पूर्ण निकायको उत्तिकै महत्वपूर्ण भूमिका हुुने बताए ।
सिँचाइ, मल, बीउ, प्रविधि, उपकरण अनुदानलगायतका विषयमा अन्तर निकायबीच समन्वय हुनुपर्नेमा जोड दिएका थिए ।
धानले कुल गार्हस्थ उत्पादन९जीडीपी०मा ठूलो योगदान पुर्याउने भएकाले यसको उत्पादन वृद्धि मै जोड दिनुपर्ने उनको भनाई थियो ।
उनीसँगै कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव योगेन्द्रकुमार कार्की, निमित्त सचिव बिमलकुमार निर्मल, कृषि विभागका प्रवक्ता जानुका पण्डित लगायतका कृषिसम्वद्ध सरकारी कर्मचारीहरुको सहभागीता थियो
