काठमाडौं । सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्र्तगत प्रदेशस्तरमा एकएक नमुना कार्यक्रम अघि बढाउने भएको छ ।
चालू आर्थिक वर्षको शंशोधित बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले प्रदेशस्तर एक एक ओटा बृह्त उत्पादन, प्रशोधन, अनुसन्धान, तालिम एवं प्रसार कार्य नमुनाका रुपमा सञ
्चालन गरिने बताए ।
त्यसका लागि सरकार, निजीक्षेत्र, सहकारी र कृषि सहकारीको संयन्त्र बनाई कार्यक्रम अघि बढाइने उनले घोषणा गरे । त्यस्तै, सरकारले कृषि उत्पादनमा तीव्रता ल्याउन बजारको व्यवस्था गर्ने जनाएको छ । किसानका लागि कृषि सामग्री र प्रविधिको प्रयोग एवं ज्ञान, तालिम, ढुवानी, बजार व्यवस्थापनका समस्यालाई सहजीकरण गरिने जनाएको छ ।
कृषिमा लाग्न प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्र्तगत प्रदेश स्तरमा एक एक ओटा बृह्त उत्पादन, प्रशोधन, अनुसन्धान, तालिम एवं प्रसार कार्य नमुनाका रुपमा सञ्चालन गर्न सरकार, निजीक्षेत्र, सहकारी र कृषि सहकारीको संयन्त्र बनाई कार्यक्रम अघि बढाइने अर्थमन्त्री शर्माले बताए ।
उनले कृषिलाई उद्योगसँग जोड्ने साना साना प्रशोधन केन्द्रहरु स्थापना गर्ने, त्यसको केन्द्रमा साना, मझौला र ठूला उद्योगहरु स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग स्थापनामा जोड दिइने बताए । त्यसका लागि विभिन्न समितिबाट छुट, अनुदान र सहुलियतपूर्ण कर्जाको व्यवस्था गरिने अर्थमन्त्री शर्माले बताए ।
त्यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले चालु आर्थिक वर्षको बजेटलाई परिमार्जन गर्दै १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेटको ल्याएको हो ।