थप ९५३ जनामा कोरोना संक्रमण, १,५७९ जना संक्रमणमुक्त

२०७८ आश्विन ९ गते प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ९ सय ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार १० हजार ५७९ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।

त्यस्तै, आज कोरोना भाइरस संक्रमण मुक्त भई एक हजार ३७१ संक्रमित घर फर्किएका छन् । त्यसैगरी आज कोरोना भाइरस संक्रमणबाट ६ जनाको मृत्यु भएको छ।