काठमाडौं । नेपाल सरकारले नेपालीहरुको महानचाड दसैंका लागि काठमाडौंबाट बाहिरिनेहरुका लागि टिकट बुकिङ खुल्ला गरेको छ । सरकारले भोलिदेखि दसैंका लागि अनलाइनबाट टिकट बुकिङ खुल्ला गरेको हो ।
दसैमा काठमाडौं बाहिरका जिल्लामा जान चाहानेहरुको लागि भोलिदेखि टिकट काउन्टरमा गएर अग्रिम टिकट बुकिङ गर्न सकिने र अनलाईन टिकेटिङ र मोबाइल एप्लिकेशनको माध्यमबाट टिकट खरिद गर्न सकिने यातायात व्यवस्था विभागले जनाएको छ । अनलाइनबाट बसको टिकट काट्नेलाई यातायात व्यवसायीले एक बोतल पिउने पानी सित्तैमा बाड्ने जनाइएको छ ।
गाडी चलाउने चालकले स्वास्थ्य मापदण्ड पालना गरेर चलाउन, पर्नेछ , यात्रुले थाहा पाउने गरी ढोकामा भाडादर टाँस गर्नुपर्ने जनाइएको छ ।