बाढी प्रभावित परिवारलाई खाद्य र गैरखाद्य सामग्री वितरण

२०७८ आश्विन १२ गते प्रकाशित

काठमाडौं । बाढीबाट प्रभावित भएका कञ्चनपुरका तीन सय परिवारलाई आज खाद्य र गैरखाद्य सामग्री वितरण गरिएको छ ।

बाढी प्रभावित समुदायमा मानवीय प्रतिकार्य कार्यक्रम ९स्टार्ट फण्ड० अन्तर्गत मर्सिकोर, केयर नेपाल र निड्स नेपालको सहयोगमा बाढी प्रभावितका लागि खाद्य सहायता भौचर, सरसफाइ स्वच्छता, डिनिटी किट, भान्सा सामग्री र गैर खाद्य सामग्री वितरण गरिएको हो ।

निड्स नेपालका निर्देशक भवराज रेग्मीका अनुसार पुर्नबास नगरपालिकाका ६८, लालझाडी गाउँपालिकाका १४०, शुक्लाफाँटा नगरपालिकाका ३६, बेदकोटका ७ र कृष्णपुरका ४९ सहित ३०० परिवारलाई राहत सामग्री वितरण गरिएको छ ।

बाढी प्रभावित परिवारलाई खाद्य सहायता भौचर९प्रिपेड कार्ड०मार्फत प्रतिघरधुरीलाई रु ११ हजार २५० का दरले ३०० घरघुरीलाई उपलव्ध गराइएको छ । पोषण सहायता भौचर९गर्भवती, सुत्केरी, दीर्घरोगी०लाई रु पाँच हजारका दरले पाँच पालिकाका ९० घरधुरीलाई वितरण गरिएको छ ।

हाइजिनकिट दुई हजार २७० का दरले १७० घरधुरीलाई, महिला तथा किशोरी सम्मान सामग्री९डिगनीटी किट० रु तीन हजार ४८० का दरले ७५ घरधुरीलाई, सार्वजनिक धारा र शौचालय एवं खानेपानी सुविधामर्मत सम्भार रु पाँच हजारका दरले ४० घरधुरीलाई उपलव्ध गराइएको छ ।

यसैगरी, खानेपानी स्वच्छताका लागि हाते धारा सुद्धिकरण रु एक हजार २०० का दरले १२० घरधुरीलाई र बाढीका कारण बिग्रेका भत्केका घरको मर्मत सम्भार रु पाँच हजारका दरले १२५ घरधुरीलाई उपलव्ध गराइएको छ ।

गैरखाद्य सामग्री ९भान्सा तथा लत्ताकपडा० रु छ हजार ४०० का दरले १२५ घरधुरीलाई र मनोसामाजिक परामर्श र लैङ्गिक हिंसा न्यूनीकरण सचेतना एक सय घरधुरीलाई दिइएको छ । जसका लागि प्रति घरधुरी रु दुई हजार ९८० का दरले रकम खर्च गरिएको छ ।

मछेली नदीको बाढीबाट विस्थापना परेका कृष्णपुर नगरपालिका–२ मछेलीका हरि डगौराले खाद्य र गैर खाद्य सामग्री पाएपछि खुसी भएको बताए । “बाढीबाट घर मर्मत सम्भार, खानेपानीका लागि धारा मर्मत र खाद्य र गैर खाद्य सामग्री एक महिना पुग्ने गरी उपलव्ध गराइएको छ” उनले भने, “विजोग अवस्थामा थियौं । यसले केही राहत महसुस भएको छ ।”

काठमाडौं–कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले मन्त्रालयकोको जिम्मेवारी सम्हालेको सय दिन पुगेको अवसरमा …