छैठो विश्व स्कुल दूध दिवश आज, विद्यालयका बालबालिकासँगै मनाइँदै

२०७८ आश्विन १३ गते प्रकाशित

काठमाडौं । आज सेप्टेम्बर २९ अर्थात छैठो विश्व स्कुल दूध दिवश । नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइने भएको छ ।

पूर्ण पौष्टिक आहारको रुपमा रहेको दूधको उपभोग र त्यसको महत्व विद्यालयका बालबालिकासमक्ष पुर्याउन यो कार्यक्रम देशैभर मनाइँदैछ । नेपालमा सन् २०१६ (वि.सं २०७३ साल) मा पहिलो पटक नेपाल डेरी एशोसिएसनले विश्व स्कुल दूध दिवश मनाउन थालेको थियो ।

त्यसयता एशोसिएसनले हरेक वर्ष सेप्टेम्बर २९ का दिन यो दिवश मनाउँदै आएको छ । डेरी एशोसिएसनले यसवर्ष सातवटै प्रदेश, जिल्ला र स्थानीय तहमा समेत यो दिवश मनाउने जनाएको छ ।

राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र यादबको प्रमुख आतिथ्यतामा दिवशको औपचारिक सुभारम्भ कार्यक्रम विहीबार कमलपोखरीस्थित कमल आधारभूत विद्यालयबाट हुँदैछ ।