कांग्रेस विपत्तिमा सधैँ जनताका साथमा हुन्छ- मोहनबहादुर बस्नेत

२०७८ आश्विन १३ गते प्रकाशित

नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा खेलकुद विभाग प्रमुख मोहनबहादुर बस्नेतले कांग्रेस सधैँ विपत्तिमा जनताको साथमा रहने बताएका छन्। मङ्गलबार नेपाली कांग्रेसद्वारा मेलम्चीका १५० घर परिवारलाई राहत वितरण गर्दै उनले सो कुरा बताएका हुन् ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य विष्णुविक्रम थापालगायतले मेलम्चीका १५० घरपरिवारलाई राहत वितरण गरेका थिए। बाढीले गर्दा पीडित बनेका मेलम्चीवासीलाई दशैँका लागि मासु, तेल, दाल, मसलालगायतका अतिआवश्यक सामग्री वितरण गरिएको हो ।

गत असारमा गएको बाढीले मेलम्चीवासीलाई ठूलो असर गरेको थियो । नजिकिँदै गरेको महान् चाड दशैँमा के खाने र के लगाउने भन्दै चिन्तामा रहेका बाढी प्रभावितका साथमा कांग्रेस रहेको बस्नेतले बताए । साथै रु एक करोड २० लाखमा हेलम्बुमा ३० घर बनाउनेसमेत घोषणा गरेको कांग्रेका युवानेता युधिर पौडेलले बताए।