काठमाडौं । सरकारले राजस्व अनुसन्धान विभागको महानिर्देशकमा प्रकाश पौडेललाई नियुक्त गरेको छ । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय माताहत रहेको उक्त विभागमामा पौडेललाई पठाएको छ ।
विभागका महानिर्देशक रामप्रसाद आचार्य गण्डकी प्रदेश गएसँगै आचार्यको ठाँउमा पौडेललाई पठाइएको छ । विभाग राजस्व चुहावट नियन्त्रण गर्ने निकाय हो । राजस्व चुहावट नियन्त्रण गर्ने जिम्मा पौडेलको काँधमा परेको छ ।
पौडेल यसअघि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको महानिर्देशकमा रहेका थिए ।