व्यावसायिक कृषिमा उब्जिएका चुनौतीहरु

२०७८ आश्विन १५ गते प्रकाशित

नेपालको कृषि प्रणाली परम्परागत रुपमा निर्वाहमूखी हुँदै आएकोमा दिनानुदिन बढिरहेको जनसंख्या, बढ्दो शहरीकरण एबम युवाहरुको बिदेश पलायनको करणले गर्दा व्यवसायिक कृषि प्रणालीमा जानु आजको आवश्यकता रहेको छ । सरकारी स्तरबाट कृषिलाई व्यावसायिकरण गर्नेतर्फ धेरै प्रयासहरु भइरहेका छन् । जस्तो, कृषि अनुदान, कृषि बीमा, एक गाउँ एक उत्पादन, उत्पादन क्षेत्र, ब्लक, जोन, सुपरजोन आदी सरकारी स्तरका साथै विभिन्न आइएनजिओ र हजारौं एनजिओले कृषिमा अर्बौ लगानी गरेका छन ।

कतिपय परियोजनाका उपलव्धिहरु परियोजनाका कार्यक्रमहरु रहुन्जेलसम्म मात्र प्रभावकारीता देखिने तर परियोजना र कार्यक्रमको अन्त भएपछि त्यस्को उपलव्धि धेरै कम निरन्तरता पाएको अथवा नपाएको देखिन्छ । जलबायु र हावापानीका हिसाबले पहाड र उच्च पहाडमा फलफुल खेती, औधोगिक बाली र बेमौसमी तरकारीको प्रचुर सम्भाबना हुँदा पनि यस्ले ठुलो फड्को मार्न सकेको छैन ।

गरम हावापानी भएको ठाउँमा जाडोयाममा मात्र उत्पादन हुने बर्षा र गर्मी महिनामा उत्पादन नहुने तरकारीलाई पहाड र उच्च पहाडमा गर्मी महिनामा उत्पादन गर्न सकिन्छ । यसरि उत्पादन गरिने तरकारीलाई बेमौसमी तरकारी भन्दछन । पहाडी र उच्च पहाडी इलाकामा यी बालीहरु लगाएमा नेपालले तुलनात्मक रुपमा बढी फाइदा लिन सक्छ । उत्पादनलाई छिमेकी मुलुक भारत र अन्य देशहरुमा निर्यात गर्न सकिन्छ । कृषिक्षेत्रमा लगानी नगरिएको चाँहि होइन तर लगानी अनुसार उपलब्धि हुन सकेको छैन ।

सरकारी आँकडामा उत्पादन वृद्धि भएको देखाइएता पनि प्रत्येक वर्ष फलफुल, तरकारी र खाद्यान्नको आयात बढिरहेको छ । बिगत वर्षहरुको आँकडलाई अध्ययन गर्दा फलफूल्, तरकारी र खाद्यान्नको आयात बढी रहेको पाइन्छ । प्रति वर्ष ५५ अर्बभन्दा बढी मूल्यको तरकारी, २० अर्बभन्दा बढी मूल्यको फलफूल र कुल कृषिजन्य वस्तुहरुको आयात २ खर्बभन्दा बढी मूल्यको हुन्छ । यसले समष्टिगत रुपमा के देखाउँछ भने कृषि क्षेत्रमा गरेको लगानी बालुवामा हालेको पानीजस्तै भएको छ । नेपालमा कृषिको व्यावसायीकरणमा देखिएका मुख्य समस्याहरु यस प्रकार छन ।
जग्गा चाक्लाबन्दीको समस्याः
वर्तमान परिप्रेक्ष्यमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले विभिन्न उत्पादन क्षेत्र बनाई कार्यक्रम सञ्चालन गरिरहेको छ । प्रधानमन्त्री आधुनिकीकरण परियोजनाको उत्पादन क्षेत्र निर्धारण गर्ने कार्य निक्कै राम्रो र उत्साहजनक छ । झट्ट हेर्दा यो परियोजना आकर्षक देखियता पनि यसमा धेरै कमीकमजोरीहरु छन । जसले गर्दा परियोजना सिद्धिए पछि जस्ताको तस्तै हुन के बेर? प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा भू—उपयोग नीतिबारे केही उल्लेख छैन । जग्गाको चाक्लाबंदी कसरी गर्ने भन्नेमा केही बोलेको छैन । जग्गा चक्लाबन्दी नभएमा यो कार्यक्रम सफल हुन सम्भव छैन । फलफुल, चिया, कफी, अलैचीजस्ता बस्तुहरु दिर्घकालीन हुने, लगानी धेरै लाग्ने, उत्पादित पदार्थ चाँडै बिग्रने, भण्डारण गर्न नसकिने र प्रशोधनको आवश्यक पर्ने हँुदा व्यबस्थित उत्पादन र निरन्तर बजारीकरणको निमित्त एउटै क्षेत्रमा धेरै जग्गामा खेती गरि एउटै ठाँउमा प्रसस्त उत्पादन गर्नुपर्दछ ।

विभिन्न व्यक्तिहरुका नाममा छुट्टिएर रहेका जग्गाहरुलाई कृत्रिम चाक्लाबंन्दी गरिएमा मात्र यसले फलफूल एबम औद्योगिक बाली उत्पादनमा ठोस योगदान पुर्याउन सक्छ । विभिन्न ब्यक्तिहरुका नाममा छितरियर रहेका जग्गाहरुलाई निम्न तरिकाहरु अपनाएर कृतिम चक्लाबन्दी गर्न सम्भव हुछ ।

(क) प्राय फलफूल एबम औद्योगिक बालीहरु दिर्घजीबि हुने हुँदा (३० देखि ४० वर्ष सम्मको हुने हुँदा) निश्चित लामो अवधिको लागि निजि जग्गा दृष्टिबन्धक रजिस्ट्रेशन पास गरि लिने व्यवस्था हुनु पर्दछ । दृष्टिबन्धक भनेको केही रकम बुझाई त्यसको बदलामा रकम फिर्ता नगरुञ्जेलसम्म जग्गा भोग चलन गर्नु हो ।

(ख) निश्चित अवधिको लागि भाडा तय गरि भाडामा लिने र दिने

(ग) कुनै उद्योग स्थापना हुने भएमा जग्गा प्रयोग गरेबापत उद्योगमा शेयरको व्यबस्था गर्ने

(घ) पहिलादेखि गाउँघरमा चल्दै आएको अधिया अर्थात बाट—बारा पद्धतिको निश्चित मापदण्ड बनाइ कानूनी मान्यता दिने

ङ) सहकारी खेती प्रणाली र संयुक्त बजारीकरण गर्ने ।

वर्तमान अवस्थामा धेरैजसो पहाडी इलाकामा खेतीयोग्य जग्गाहरु बाँझा रहेका छन । युवाहरु विदेश पलायनको कारण बुढाबुढीबाट उक्त जग्गा खेती गर्न सक्ने अवस्था पनि छैन । गाउँ घरमा जनशक्ति अभाव छ । ज्यालामा ज्यामी लगाएर उत्पादन गर्दा उत्पादन धेरै महँगो पर्न जान्छ । बाँझो जग्गामा कर लगाउँदैमा उत्पादन हुनेवाला पनि छैन । प्रायजसो राजनीतिक पार्टीहरुका चुनाबी नाराका कारणले गर्दा जग्गाधनीहरुले पनि अरुलाई जग्गा खेती गर्न दिन डरमर्दो भइरहेको छ । माथि उल्लिखित बुंदाहरुमा कानून बनाइ नीतिगत रुपमा मान्यता दिएमा उत्पादनमूलक जग्गाको कृतिम चक्लाबन्दी भइ व्यबसायिक फलफूल एबम औद्योगिकबाली उत्पादनमा ठूलो टेवा पुग्न सक्दछ । कृषि नीति बनाउँदा सरकारले माथिका बँुदाहरुलाइ दृष्टिगत गरी भू—उपयोग नीति बनाउन आवश्यक छ ।

प्याक हाउस र भण्डारणको समस्याः
फलफूल तरकारीलाइ गन्तब्य स्थानमा पुर्याउनु अघि वा भण्डारण गर्नु अघि छाटकाट, छनोट, ग्रेडिङ, छिस्याउने र राम्रो सङ्ग प्याक गर्नु जरुरी हुन्छ । यी कृयाकलापलाइ प्याक हाउस कृयाकलाप भन्दछन र यी कृयाकलाप गरिने ठाँउलाइ प्याक हाउस अभाव भन्दछन ।
यहा यसै सङ्ग सन्लग्न प्यक हाउस म्यनुअल को चित्र ३ लाइ कपी गरेर पेस्ट गर्ने

अन्य फलफूल र तरकारी ठूलो परिमाणमा उत्पादन गर्ने मूलूकहरुमा ठूला ठूला शित भण्डार र प्याक हाउसहरु निर्माण गरिएका हुन्छन । जुन, ठाउँमा फलफूल तरकारी लाइ आवश्यकता विभिन्न अनुसारका प्याक हाउस कृयाकलाप गरेर स्तर कायम गरी सुरक्षित किसिमले प्याक गरिन्छ । साना साना जग्गामा छितरियको उत्पादनको बजारीकरण ठुलो समस्या हो । साना साना उत्पादकहरुले बालि उत्पादन उप्रान्तको व्यवस्थापन गर्न धेरै कठिन र लगभग असम्म्भब नै हुन्छ । बालि उत्पादन उप्रान्तको व्यवस्थापनले व्यवसायिक उत्पादनमा ठूलो भूमिका खेल्दछ । अन्यत्र मुलुकहरुमा एउटै क्षेत्रमा प्रसस्त उत्पादन गरि व्यवस्थित तरिकाले बजारीकरण गरेको पाइन्छ ।

उत्पादन उप्रान्त फलफुलहरुलाइ तुरुन्त चिस्याई गन्तब्यसम्म चिसै पर्याइन्छ जसलाई ‘कोल्डचैन’ भन्ने गर्दछन । फलफुलहरुलाइ बिग्रन नदिइ सुरक्षित राख्न र गुणस्तर कायम राख्न विभिन्न प्याक हाउस क्रियाकलापहरु (प्रि—कुलिंग, वाशिंग, सर्टिंग, ग्रेडिंग,डिस्इन्फेक्सन , प्याकिंग, आदी) गर्नुपर्दछ । यी सबै क्रियाकलापहरु गर्नुअघि फलहरुलाइ चिस्याउनु पर्दछ । त्यसैले यो चिसाउने पद्दति लाइ “प्री—कुलिंग” भन्दछन । उत्पादन लिनासाथ चिस्याइएका फलफूल र तरकारीलाइ मात्र सुरक्षित तरिकाले भन्डारण गर्न सकिन्छ । प्री—कूलिङ नगरिएका फलफूल तरकारीलाइ राम्रो सँग भन्डारण गर्न सकिदैँन । सैद्धान्तिक हिसाबले प्रत्येक ५।६ डिग्री सेन्टीग्रेड तापक्रम कम गर्दा फलफूलको भण्डारण आयु डबल हुन्छ ।

अन्यत्र मूलुकहरुका फलफुल उत्पादन क्षेत्रमा ठूला ठूला प्याक हाउस निर्माण भएको पाइन्छ । सबै उत्पादित फलफूलहरु बजारीकरण हुन नसक्ने हुँदा फलफूल उत्पादन क्षेत्रमा प्रशोधन केन्द्र पनि बनाउन आवश्यक पर्दछ । उत्पादित फलफूल एकै पटकमा वा उत्पादन भएको समयमा गन्तब्य सम्म पठाउन सम्भव नहुने हुँदा भण्डारण गरि लामो समयसम्म राख्न भण्डारण गृहको आवश्यकता पर्दछ । र, राम्रो यातायात व्यवस्था हुन आवश्यक हुन्छ । भण्डारण गरिएका फलफूलहरु कमजोर हुने हुँदा कोल्ड चैनको आवश्यकता पर्दछ । नेपालमा अहिलेसम्म एग्रो मनाङ्गले मात्र स्याउमा एउटा प्याक हाउस निर्माण गरेको छ ।

प्रायः जसो फलहरु कुनै एक सिजनमा मात्र उत्पादन हुने हँुदा ठूला ठूला भण्डार गृह (कोल्ड स्टोरेज, कोन्ट्रोल्ड एटमोस्फीयर स्टोरेज) आवश्यकता पर्दछ । तरकारी उत्पादनको लागि भने फलफूललाई जस्तो धेरै ठूलो प्याक हाउस आवश्यक पर्दैन । सामान्य किसिमका साना प्याक हाउस ( ५० देखि १५० टन क्षमता) निजि वा साझेदारी वा शहकारीमा सञ्चालन गर्न सकिन्छ ।

प्रायजसो तरकारीहरु सधैभरी उत्पादन हुने हँुदा लामो समयसम्म भण्डारण गरेर राख्नु आवश्यक हुँदैन । तर, एकिकृत गरेर ठूलो मात्रामा ढुवानी गर्न र केही समयसम्म राख्नको लागी प्याक हाउसको ठूलो महत्व छ ।

ढुवानी अघि तरकारीलाई चिस्याएमा तरकारीलाई बिग्रन बाट बचाइ सुरक्षित राख्न मद्दत पुग्दछ । शहर बजारदेखि टाढा रहेका उत्पादन क्षेत्रहरुमा प्याक हाउस र सित भन्डार निर्माण गरेमा मात्र उत्पादित तरकारीलाइ बजारीकरण गर्न सम्भव छ । प्याक हाउस र कोल्ड चैनको व्यवस्था भएमा तरकरीमा आत्मानिर्भर हुनाका साथै बेमौसमी तरकारी उत्पादन गरी बिदेशमा समेत निर्यात गर्न सम्भव छ । नेपालमा प्रसस्त उत्पादन हुने फलफूलहरुलाइ पनि अलग अलग प्याक हाउस निर्माण गरेर भन्डारण र बजारीकरण गर्न प्रचूर सम्भवना छ ।

बढी उत्पादन लागतः
कुनै पनि बालीको उत्पादन लागत छिमेकी मुलुक भारतमा भन्दा १.२५ देखि १.५० गुना बढी लाग्छ । किनकि सबै उत्पादनमा प्रयोग हुने सामानको मूल्य भारतमा भन्दा महँगो पर्छ । उत्पादन लागत निश्चित कति महँगो छ भन्ने सरकार संँग त्यसको अाँकडा छैन । मेहनत गरी उत्पादन गरेर खानुभन्दा भारतीय उत्पादन किनेर खानु सस्तो पर्न जान्छ । वास्तबमा भन्ने हो भने नेपाली किसानहरु धेरै मर्कामा छन् । उत्पादन गर्नु बाध्यता मात्रै हो र यसमा फाइदा छैन । यस्तो अबस्थामा नेपाली किसान माथि उठ्न सक्दैनन् । भारतीय उत्पादन सँग प्रतिस्पर्धा गर्नको लागि सकारले भारतकै दर रेटमा उत्पादन सामग्री आवश्यक परेको समयमा उपलब्ध गराउन सक्नुपर्छ । अन्यथा कुनै पनि कार्यक्रमको दीर्घकालिन प्रभाव पर्न सक्दैन ।

कृषि अनुदान दिने गलत प्रकृयाः
व्यावसायिक कृषि उत्पादनलाई प्रोत्साहन गर्न कृषिमा अनुदान दिनु आवश्यक छ । यस्तो अनुदान ठूलो परिणाममा औद्योगिक बाली लगाउन, नयाँ प्रविधि जडान गर्न, प्याक हाउस, कोल्ड स्टोरेज निर्माण गर्न, प्रशोधन गर्न, ढुवानी गर्ने साधनहरु खरिद गर्न अर—औजार उपकरण खरिद गर्न दिनु पर्दछ । यस्तो अनुदान निर्धारण गरिएको कार्यक्रममा सबै उत्पादनकर्तालाई दिनु पर्दछ । तर। वर्तमान परिप्रेक्षमा केही सीमित ब्यक्तिलाई मात्र छनोट गरेर अनुदान दिइन्छ । यसो गर्दा भेदभावको स्थिति सिर्जना भएको छ । जसले गर्दा अरु अनुदान नपाउने किसानहरु निरुत्साहित भएका छन् । अनुदान नपाउने किसानको उत्पादन लागत महंगो पर्दछ । यस प्रकारको नीतिले कृिषको प्रगती हैन, उल्टो निरुत्साहित गरेको छ । यो केही व्यक्तिलाई छनोट गरेर दिनु अनुदान बन्द गर्नुपर्दछ । यसको सट्टामा सबैले पाउने किसिमले सबैलाइ आवश्यक पर्ने मल, बीउ, उत्पादन सामग्रीमा एकरुपतामा सबैलाइ दिनुपर्दछ ।

कतिपय सिँंचित जग्गामा सघन खेती गरि २÷३ बालि सजिलै लिन सकिन्छ । तर, उत्पादन लागत बढी पर्ने कारण्ले गर्दा किसानहरु बाली लाउन उत्साहित भएको पाइदैँन । अनुदान पाए बाली लगाउने, अनुदान नपाए लगाउन छाड्ने भएको पाइन्छ । काम गर्ने मान्छेको अभाव छ । बाहिरी ज्यामी लगाएर खेती गर्दा महँगो पर्न जान्छ ।

अर्गानिक खेती असल कृषि कर्म र बिषादी परिक्षणः
व्यवसायिक कृषिको अर्को एउटा चुनौती भनेको अग्र्यानिक अर्थात् प्रांगारिक खेती हो । के खाद्यतत्व बिना फलफूल तरकारी उत्पादन गर्न सम्भव छ ? गाउँघर तिर गाई वस्तुहरु पाल्न छाडि सके । गाई वस्तु पाल्नेमा ९५५ सम्म गिरावट आएको छ । प्राङ्गरिक मलको स्रोत नै कम हुँदै गएको अवस्था छ । जमिनमा खाद्यतत्वको ह्रास भइरहेको छ । विकशित मुलुकहरुले न्युट्रिएण्ट कल्चर, हैड्रोपोनिकस, एरोपोनिकस विधिहरु अपनाएर उत्पादन गर्न गई रहेका छन भने हाम्रो देशमा अर्गानिक र प्राङ्गरिक खेतीको होउआ फैलाइएको छ । अर्गानिक र प्रांगारिक खेती थोरै सिमित जग्गामा मात्र सम्भव छ । तसर्थ, यो साना फार्महरुको लागी मात्र सम्भव र उपयोगी छ ।

दूरगामी दृष्टिले कृषिको बृहद व्यवसायिकिकणमा यसले नकारात्मक पार्दछ । दूध उत्पादनमा मिल्क हलिड़े भन्न र फलफूल तरकारी एबम अन्य बाली उत्पादनमा अर्गानिक र प्रांगारिक खेती भन्नु उस्तै उस्तै हो । यी नाराले उत्पादनमा सकारात्मक नभई नकारात्मक प्रभाव पार्ने देखिन्छ । खाद्यतत्वको समुचित व्यवस्था नभई उत्पादन असम्भव छ । बृहत व्यवसायिक रुपमा अर्गानिक र प्रांगारिक खेती सम्भव छैन । माटोमा खाद्यतत्वको ह्रास भइरहेको छ । यदि बाहिरबाट महत्व दिइँदैन भने कसरी उत्पादन हुन्छ? यथार्थमा अर्गानिक र प्रांगारिक खेतीले उत्पादकत्व बढाउने नभई उत्पादनमा नियन्त्रण गर्ने तर्फ गईरहेको छ । बिरुवाहरुलाई वृद्धि हुन, फुल र फल उत्पादन गर्न १६ वटा विभिन्न शुच्छ्म त्वत्त हारुको आवश्यकता पर्दछ । प्रांगारिक मलबाट सबै प्रकारका त्वत्तहरु सन्तुलित रुपमा दिन सकिदैन । तसर्थ बढी उत्पादन लिन सन्तुलित रुपम खाद्य त्वत्त हरु उपलब्ध गराउन आवश्यक हुन्छ ।


प्रांगारिक उत्पादनका धेरै फाइदाहरु छन तर पुरै देशलाई अर्गानिक बनाउछु भन्नु मुर्खता हो र दिवा सपना जस्तै हो । यो परिकल्पना मात्र हो र यथार्थमा सम्भव छैन । वर्तमान अवस्थामा रासायनिक मलको प्रयोग विकसित मुलूकहरुको तुलनामा नेपालमा धेरै न्युन छ । पहिलो कुरो त उत्पादकत्व र उत्पादन बढाएर आत्मनिर्भर हुन आवश्यक छ । यसको निमित्त अर्गानिक उत्पादनबाट सम्भब छैन ।

प्रांगारिक मलले माटोको गुणस्तर र उर्बराशक्ति कायम राख्न ठुलो मद्द्त गर्दछ । प्राांगारिक मलले माटोको गुणस्तर र कायम र उर्बराशक्ति कायम राख्न ठुलो मद्धत गर्दछ । यसका धेरै धेरै फाइदा छ्न तर यसमा मात्र आधारित भएर समस्त देशको कृषि उत्पादन सम्भब छैन ।

सन्तुलित रुपमा प्राङगारिक र रासायनिक मलको प्रयोग गरेमा व्यवसायिक कृषि उत्पादन प्रभाबकारी हुन्छ । अन्यथा व्यवसायिक कृषि उत्पादनमा गरेको लगानी बालुवामा हालेको पानी जस्तै हुनेछ । जुनसुकै माध्यमबाट मल प्रयोग गरे पनि बिरुवाले जराबाट आयोनिक रुपमा लिन्छ । उदारणको लागि नाइट्रोजन,नाइट्रेट० र एमोनियम, फोस्फोरस र पोटास आदीको अबस्थामा बिरुवाले लिन्छ ।उत्पादकत्व र उत्पादन बढाउने हो भने खाद्यत्वत्व को समुचित ब्यबस्थामा द्यान दिनु आबश्यक छ।यदी जमिनमा नै सुक्ष्म त्वत्त कमी छ भने तेहा उत्पादित घास खायेर गाइ बस्तु ले सुक्ष्म त्वत्व उपलब्धा गरा उन सक्दैन ।

अर्को गहन प्रश्न केछभनेकुनैपनि उत्पादित बस्तु अर्गानिकरप्राङ्गरिक खेति गरि उत्पादन गरियको हो वा होइन भन्ने कसरि मापन गर्ने रु फलफूल तरकारी को परीक्षण गरेर मापन गर्न कठिन छ । राष्ट्र्ले खाद्यत्वत्वमा नियन्त्रण गर्नु भन्दापनी बिषादिहरुको नियंत्रण गर्नु धेरै आबश्यक छ । यस्कोलागि कुनै पनी ब्यबसायिक उत्पादनको बिषादी परीक्षण गर्नु आबश्यक हुन्छ । बजारमा ल्याइने फलफूल तरकारीलाई अनुगमनगरी परीक्षण गर्नु पर्दछ र नियन्त्रण गर्नु आबश्यक छ । बिदेश बाट आयात हुने फल फूल, तरकारी र अन्य खाद्य पदार्थ बिषादी रहित हुनु पर्दछ । खाद्य बस्तु भित्र्याउनु अघी क्वारेन्टाइनमा बिषादी परिक्षण गर्नु अनिबार्य हुन्पर्दछ ।


अर्गानिक वा प्राङ्गरिकको हाउवा मा जानुभन्दा समुचित खाद्यत्वत्व ब्यबस्थापनमा ध्यान दीइ अशल कृषिक्रम अपनाई९न्ययम ब्नचष्अगतिगचब िएचबअतष्अभक० उत्पादकत्व र उत्पदान बढाउनु आबश्यक छ । अशल कृषिक्रम अपनाउदा खासगरेर मानव स्वास्थ्व मा नकारात्मक अशर पर्नु हुदैन , शुरक्षित खाद्य उत्पादन हुन पर्दछ र बाताबरण मा कुनै नकारात्मक प्रभाव पर्नु हुदैन । यस्मा सिफारिश गरियका रशयनिक बिषादिहरु उचित मात्रामा र उचित समयमा प्रयोग गर्न सकिन्छ । त्यस्तै प्रकार ले सिफारिस गरिए अनुसार रसायनिक र प्राण्गारिक खाध्य पधार्थ प्रयोग गर्नु पर्दछ ।


ब्यबसायिक कृषि उत्पादन को लागि सरकारले आबश्यक परेको समयमा येथेस्ट मात्रामा रासायनिक मलखाद, खाद्य तत्व हरुरअन्य उत्पादन सामग्री हरुउपलब्ध बनाउनु पर्दछबजारिकरण को लागी स्तर निर्धार्ण र निर्यात को लागी सहजिकरण गर्दिनु पर्दछ । पहाड र उच्च पहाडमा फलफूल खेती को निमित्य खाद्यत्वत्व मिलाइएको पानीलाई थोपा सिचाई ूफर्टिगेसनू गरी उच्च घनत्व बगैचा निर्माण गरेर उत्पादकत्व र उत्पादन बृद्दि गर्न सम्भव छ।