काठमाडौं । नेपालीहरुका महान चाडबाडहरु दसैं, तिहार, छठ नजिकिँदै जाँदा व्यापारीले हरियो तरकारीको मूल्य बढाएका छन् । पछिल्लो दुई सातायता तरकारी भाउ अचाक्ली बढेको हो।
कालीमाटी फलफूल तथा तरकारी बजार समितिका अनुसार, बजारमा केही तरकारीको मूल्य शतप्रतिशत बढेको छ ।
भदौको अन्तिम साता थोकमा प्रतिकेजी २० रुपियाँ रहेको गोलभेँडा असोजको दोस्रो साता सकिँदा ६० रुपियाँ पुुगेको छ भने आलु रातो ४५ रहेकोमा अहिले ६५ रुपियाँ पुगेको समितिले जनाएको छ ।
समितिका अनुुसार तुनेबोडी प्रतिकेजी ६५ रुपियाँबाट १३० रुपियाँ, घिरौँला प्रतिकेजी ४५ बाट ८० रुपियाँ घिउसिमी ७५ रुपियाँबाट १३० रुपियाँ भिन्डी प्रतिकेजी ४० बाट ७० रुपियाँ पुगेको छ । त्यसै सुुकेको प्याज प्रतिकेजी ४५ रुपियाँबाट थोकमै ५५ देखि ५८ रुपियाँ पुगेको समितिले जनाएको छ ।
समितिका अनुसार बजारमा दैनिक आठ सयदेखि एक हजार मेट्रिक टनसम्म तरकारी भित्रिएको छ । समितिका प्रवक्ता विनय श्रेष्ठले बजारमा तरकारीको आयात कम भएर नभई उत्पादनको लागत बजारमा माग बढेकाले महँगो भएको हुनसक्ने बताए ।
उनले भने, तरकारी आयातमा कुनै समस्या छैन नियमित निर्वाध रूपमा तरकारी आइरहेको छ ।
उपभोक्ता अधिकारकर्मी प्रेमलाल मर्हजनले तरकारी पर्याप्त आउँदा पनि उपभोक्ता महँगीको मार सरकारको बजार अनुुगमन प्रभावकारी नहुँदाको परिणाम रहेको बताए ।