३३ किलो सुन प्रकरणः गोरेसहित ६ जनालाई जन्मकैद

२०७८ आश्विन १९ गते प्रकाशित

काठमाडौं । ३३ किलो सुन काण्डका मुख्य आरोपी चुडामणि उप्रेती गोरेसहित ६ जनालाई जन्मकैदको सजाय सुनाएको छ । ३३ किलो सुन तस्करी र मोरङका सनम शाक्यको हत्या मुद्दामा जिल्ला अदालत मोरङले गोरेसहित ६ जनालाई जन्मकैदको सजाय सुनाएको हो ।

जन्मकैदको सजाय हुनेमा टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, नरेन्द्र कार्की र भोजराज भण्डारी रहेका छन् ।

न्यायाधीश भरत लम्सालको फैसलाअनुसार सो प्रकरणमा मुछिएका प्रहरीका पूर्व डीआईजी गोविन्दप्रसाद निरौला, तत्कालीन एसएसपी श्यामबहादुर खत्री, डीआईजी दिवेश लोहनी, एसपी विकासराज खनाल, डीएसपीद्वय सञ्जयबहादुर राउत र प्रजित केसी, सई बालकृष्ण सञ्जेल, जवान सञ्जीव शाक्यले भने सफाइ पाएका छन् ।