किसान आयोगको आयोजनामा दुई दिने क्षमता अभिवृद्धि कार्यक्रम सुरु

२०७८ आश्विन १९ गते प्रकाशित

काठमाडौं । राष्ट्रिय किसान आयोगले बागमति प्रदेशका किसान संघ, संगठन तथा संस्थाहरुका प्रतिनिधीका लागि दुई दिने क्षमता अभिवृद्धि कार्यक्रम सुरु गरेको छ । मंगलबार र बुधबार चल्ने सो क्षमता अभिवृद्धि कार्यक्रममा बागमती प्रदेशका विभिन्न दल तथा पार्टीबाट नेतृत्व गर्ने किसान नेताहरुको सहभागीता छ ।

कृषिमा भएका चुनौती, किसानका वास्तविक समस्याको पहिचान, समाधान, कृषिसम्वन्धी नीति÷नियम कार्यान्वयन, किसानको हकहितको सुनिश्चितता र सम्पूर्ण किसानलाई एकाकार गर्ने कार्यक्रमको मूख्य उद्धेश्य छ । किसानको हकहितका लागि नेतृत्व गर्ने किसान संघ/संगठन र संस्थाका प्रतिनिधीलाई कृषिमा देखिएका समस्या र चुनौती केलाउँदै संवैधानिक अधिकारको परिपालना गराउनुपर्ने कार्यक्रममा बोल्ने सहभागीहरुले जोड दिएका थिए ।

कार्यक्रमको पहिलो दिन आयोगका अध्यक्ष डा. प्रेमप्रसाद दंगालले खाद्य सम्प्रभुतासम्वन्धी भएका व्यवस्था र त्यसबारेमा आफ्नो प्रस्तुतीकरण राखेका थिए । सो अवसरमा उनले सम्पूर्ण किसानको समस्या र आवाज नीति निर्माण तहसम्म पुर्याउन किसान आयोग प्रतिवद्ध रहेको बताए ।

May be an image of 1 person, standing and indoor
खाद्य सम्प्रभुतासम्वन्धी आफ्नो प्रस्तुतीकरण राख्दै आयोगका अध्यक्ष डा. प्रेमप्रसाद दंगाल

किसानका समस्या र हक हितको सुनिश्चितता गर्दै नीति निर्माण तहसम्म किसानको समान सहभागीता बढाउने आयोगको मूख्य उद्धेश्य छ’ उनले भने, ‘त्यसका लागि आयोग किसानका समस्या समाधानका लागि सरकारलाई झकझकाउने काम गर्छ ।’

प्रस्तुतीकरणका क्रममा उनले नेपालमा १५ लाख अर्थात १३ प्रतिशत जनता अझै खाद्य अशुरक्षाको चपेटामा, २० लाख जनता भूमिहीन, सुकुम्बासी, गरिब र ९ बर्षको तुलनामा अहिले ५ गुणा बढीको कृषि उपजको आयात बढेको बताए ।

खाद्य सम्प्रभुता र अधिकार स्थापित गर्दै किसानसँग जोडिएका मुद्धामा आयोग सधैं प्रतिवद्ध भएर लागेको उनले बताए । हालको अवस्थामा संघ, प्रदेश र स्थानीय तहले कृषि विकासको योजना प्रकृयामा कृषक समुह, सञ्जाल र संघ/संगठनको भूमिका बिषयमा बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका प्रमुख डा.. रामकृष्ण श्रेष्ठले प्रस्तुतीकरण गरेका थिए । उनले तीनै तहको संरक्षण, काम, कर्तव्य र किसानका संघसंगठनहरुले खेल्नुपर्ने भूमिकाको बिषयमा लामो प्रस्तुतीकरण गरेका थिए ।

May be an image of 1 person, standing and indoor
प्रस्तुतीकरण राख्दै बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका प्रमुख डा.. रामकृष्ण श्रेष्ठ

उनले कृषिमा रहेका मुख्य मूख्य समस्या औल्याएका थिए भने अहिलेकै अवस्था कायम रह्यो भने के हुन्छ ? र त्यसमा किसान समूह तथा संघ÷संगठनले कसरी भूमिका खेल्ने लगायतका बिषयमा आफ्नो भनाई राखेका थिए ।

कृषि अनुसन्धानबाट विकास भएका नविनतम प्रविधि सम्बन्धमा नेपाल कृषि अनुसन्धान परिषद्का वरिष्ठ बैज्ञानिक कृष्णकुमार मिश्रले प्रस्तुतीकरण गरेको थिए । त्यस्तै, नेपालको बागवानी खेतीको भूमिका र महत्वका बिषयमा वागबानी विज्ञ इन्द्रराज पाण्डे र स्थानीय तहमा कृषि कार्यक्रमको योजना एवं सञ्चालन तथा त्यसमा किसान समूह तथा किसान संघ/ संगठनको भूमिकाका विषयमा धुलिखेल नगरपालिका, काभ्रेका अशोककुमार ब्याञ्जु(श्रेष्ठ)ले प्रस्तुतीकरण गरेका थिए ।

प्रस्तुती उपर विभिन्न किसान संघ/संगठनबाट प्रतिनिधित्व गर्दै आएका किसान नेताहरुले आफ्नो जिज्ञासा तथा राय सुझाव दिएका थिए । दुई दिने क्षमता अभिवृद्धि कार्यक्रम बुधबारसम्म चल्ने छ ।

कार्यक्रममा बागमति प्रदेशका करिब तीन दर्जन विभिन्न किसान संघ/संगठन र संस्थाका प्रतिनिधीहरु सहभागी छन् ।

May be an image of 1 person, standing and indoor
May be an image of 1 person, sitting, standing and indoor
May be an image of 2 people, people sitting and people standing