थप ९६८ जनामा कोरोना भाइरस संक्रमण, ६ जनाको मृत्यु

२०७८ आश्विन १९ गते प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ९६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १६ हजार ४२ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।

आज कोरोना भाइरस संक्रमणमुक्त भई १११४ जना घर फर्र्किएका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ६ जनाको मृत्यु भएको छ ।

यसैगरी देशभर १६ हजार २४८ जना सक्रिय संक्रमित रहेका छन् । भने हालसम्म ११ हजार १८० जनाको मृत्यु भएको छ ।

काठमाडौं । आज दर खाने दिन । नेपाली हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीजको …