घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२०७८ आश्विन २० गते प्रकाशित

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य चार सयले घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९० हजार ३ सयमा कारोबार भएकोमा आज तोलामा चार सयले घटेर प्रतितोला ८९ हजार ९ सयमा कारोबार भइरहेको छ ।

आज छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार ९ सय रहेको छ भने तेजावी सुनको मूल्य ८९ हजार ४५० रहेको छ । चाँदीको मूल्य भने स्थिर भई ११६० मा कारोबार भइरहेको छ ।