काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार चार सय ६५ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।
पछिल्लो २४ घण्टामा ८९१ जना कोरोना भाइरस संक्रमणमुक्त भई घर फर्किएका छन् । भने आज कोरोना भाइरसका कारण १२ जनाको मृत्यु भएको छ । नेपालमा हाल १६ हजार १९४ जना सक्रिय संक्रमित छन्।