काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । हिजो प्रतितोला ८९ हजार ९ सयमा कारोबार भएको सुनको मूल्य आज तोलामा ५ सय रुपैयाँले बढेर ९० हजार ४ सय रुपैयाँ कायम रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ४ सय रहेको छ भने तेजाबी सुनको मूल्य पनि तोलामा ५ सय रुपैयाँले नै बढेर ८९ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । हिजो चाँदीको मूल्य ११६० मा कारोबार भएकोमा आज तोलामा १० रुपैयाँले बढेर प्रतितोला ११७० रुपैयाँमा कारोबार भएको छ