काठमाडौं । नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदी मृत फेला परेका छन् । उनले काठमाडौंको चावहिलस्थित निर्माणाधीन घरबाट हामफालेर आत्महत्या गरेको खुल्न आएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार चतुर्वेदी चावहिलस्थित बुलबुलेमा रहेको निर्माणाधीन घरबाट बिहीबार बिहान मर्निङ्वाक गएको बेलामा खसेर मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागको प्रहरीले बताएको छ ।
उनी चावहिल स्थित बुलबुलेमा बस्दै आएका थिए । चतुर्वेदी डिप्रेसनको शिकार रहेको प्रहरीको अनुमान छ । चतुर्वेदीले आफ्नो घरबाट केही पर रहेको निर्माणाधीन घरबाट हाम्फालेका हुन् । शव पोष्टमार्टमका लागी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।