काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ८०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६७२ जनामा कोरोना परिक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।
आज कोरोना भाइरस संक्रमणमुक्त भई ९११ जना घर फर्किएका छन । भने आज कोरोना भाइरस संक्रमणका कारण ८ जनाको मृत्यु भएको छ ।
हालसम्म कोरोना भाइरसका कारण ११ हजार २०० जनाको मृत्यु भएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ९४२ जना रहेका छन् ।