काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनता समाजवादी पार्टी (जसपा)ले पाउने भएको छ । गठबन्ध सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाले माओबादी, नेकपा एकीकृत समाजबादी र जनता समाजबादी पार्टी मिलाएर मन्त्री परिषद् विस्तार गर्दैछन् ।
मन्त्रालय बाँडफाडका क्रममा जसपाले कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँगै भौतिक पूर्वाधार तथा यातायात, बन तथा वातावरण र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पाउने भएको हो ।
जसपाले पार्टीका तर्फबाट मन्त्री हुने चारजनाको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ । स्रोतका अनुसार राजेन्द्र श्रेष्ठले संघीय मामिला तथा सामान्य प्रशासन, रेणू यादवले भौतिक पूर्वाधार तथा यातायात, रामसहाय यादवले वन तथा वातावरण र प्रमोद साहले कृषि तथा पशुपंक्षी मन्त्रालयको जिम्मेवारी दिने गरी जसपाले मन्त्रीको नाम टुंगो लगाएको हो ।
सम्भवत जसपाले बुझाएकै मन्त्रीहरुले सम्वन्धित मन्त्रालय पाउने हुँदा कृषि तथा पशुपन्छी विकास मन्त्रालयको जिम्मेवारी प्रमोद साहले नै पाउनेछन् ।