यसवर्ष सय ओटा गोदामघर निर्माण हुने

२०७८ आश्विन २३ गते प्रकाशित

काठमाडौं । चालू आर्थिक वर्षमा विभिन्न स्थानीय तहमा एक सयओटा गोदामघर(स्टोररुम) निर्माण हुने भएका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्र्तगत बजारीकरण, प्रवद्र्धन र बजार पूर्वाधार निर्माण योजनाअन्र्तगत गोदामघर निर्माण हुने भएका हुन् ।

त्यसका लागि आवश्यक बजेटको व्यवस्थापन भइसकेको मन्त्रालयले जनाएको छ । खासगरी, किसानबाट खरिद गरिएको धान संकलन गर्न र स्थानीय रुपमा उत्पादित कृषि उपजको भण्डार गर्नका लागि गोदामघर निर्माण हुने मन्त्रालयका प्रवक्ता प्रकाश सन्जेलले बताए ।

संघअन्र्तगत कृषि मन्त्रालय र स्थानीय सरकारको संयुक्त लगानी साझेदारीमा गोदामघर निर्माण हुनेछन् ।