काठमाडौं । आउँदो असोज २५ गते सोमबार कालो केशमा ‘रेलिमई’ नामक म्युजिक भिडियोको रिलिज हुने भएको छ । निकै मौलिक र समसामयिक बिषयवस्तुमा आधारित रहेर बनेको लोक आधुनिक गीतको म्युजिक भिडियो दशैंकै संघारमा सार्वजनिक हुने भएको हो । म्युजिक भिडियो ओएसआर डिजिटल युट्युव च्यानलबाट रिलिज हुनेछ ।
ठेट मौलिक लोक लयमा आधारित गीतको लय, संगीत र स्वर दिनेश ढकालले गरेका छन् भने म्युजिक भिडियोमा दिनेश ढकाल, अल्का सुवेदी, राजन न्यौपाने, सुक्रिति उप्रेती, शिव थापालगायतको अभियन छ ।
गाउँबाट सहर आए पछि काम खोजीमा भौतारिनु पर्ने, रेष्टुरेन्ट तथा क्याफेमा काम गर्दा मालिकहरुले गर्ने व्यवहार, र काम गर्दागर्दै माया बसेको र गरिब–धनीबीचको जीवनशैलीलाई समेत म्युजिक भिडियोमा देखाउन खोजिएको निर्माण पक्षले जनाएको छ ।
उक्त म्युजिक भिडियोको भिडियो र निर्देशन कलाकार मानव सुवेदीले गरेका छन भने सो गीत आर्टमाण्डु स्टुडियोबाट रेकर्डिङ गरिएको थियो ।