काठमाडौं । गण्डकी प्रदेशको राजधानी कास्की पोखरामा तीन दिने प्रदेशस्तरीय लघु उद्यमी व्यापार मेला सुरु भएको छ । स्थानीय कृषि उपजको बजारीकरण र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले मेला सुरु भएको हो ।
फेवा रिर्सोट लेकसाइड डिकोपाटनमा सुरु भएको मेलामा विभिन्न लघु उद्यमीहरुका विभिन्न कृषि उत्पादनहरु प्रदर्शनमा राखिएको छ ।
व्यापार मेलामा मुस्ताङको स्याउ र आलुको व्यापार बढी भइरहेको छ ।