काठमाडौं । नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले राजीनामा दिने घोषणा गरेका छन् ।
अनावश्यक आलोचना खेप्दै आएका हमालले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझाउने बताएका हुन् । उनलाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोप लाग्दै आएको छ ।
देउवा निकट हमाल नाताले प्रधानन्यायाधीश जबराको जेठान हुन् ।