उद्योगमन्त्रीद्धारा राजीनामा दिने घोषणा

२०७८ आश्विन २४ गते प्रकाशित

काठमाडौं । नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले राजीनामा दिने घोषणा गरेका छन् ।

अनावश्यक आलोचना खेप्दै आएका हमालले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझाउने बताएका हुन् । उनलाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोप लाग्दै आएको छ ।

देउवा निकट हमाल नाताले प्रधानन्यायाधीश जबराको जेठान हुन् ।

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच बृहत …