रसुवागढी नाकाबाट ३६ कन्टेनर स्याउ नेपाल भित्रियो

२०७८ आश्विन २५ गते प्रकाशित

काठमाडौं । दसैंमा फलपूmलको व्यवस्था मिलाउन नेपाली व्यवसायीले रसुवागढी नाकाबाट स्याउ आयात गरेका छन् । शनिबार र आइतवार दुई दिनको अन्तरालमा ३६ कन्टेनर स्याउ नेपाल भित्रिएको रसुवा भन्सार कार्यालय टिमुरेका सूचना अधिकारी एवम् भन्सार अधिकृत नरेन्द्रप्रसाद चौधरीले जानकारी दिए।

सो नाकाबाट ठुलो परिमाणमा स्याउ भित्रिएसँगै दसैँका लागि नेपाली बजारमा फलपूmलको आपूर्ति व्यवस्था सहज हुने भएको छ । नेपाल भित्रिएको स्याउ भन्सार प्रक्रिया पूरागरी धमाधम काठमाडौँ लाने क्रम सुरू भइरहेको सूचना अधिकारी चौधरीले बताउनुभयो ।

चाडपर्वमा फलपूmलको अभाव हुन नदिन व्यवसायीले स्याउलगायत तयारी पोशाक, जुत्ता, चप्पलजस्ता सामग्री आयातमा पहिलो प्राथमिकता दिँदै आएको पाइएको छ । आम उपभोक्ताको चाहना एवम् राजधानी काठमाडौँलगायत व्यवसायीक क्षेत्रको मागका आधारमा चाडपर्वलाई लक्षित गरी सामग्री आयात गर्ने गरिएको व्यवसायी धर्म पौडेलले जानकारी दिए।

चीनको उत्पादक कम्पनी वा फर्मलाई नेपाली व्यवसायीले सामान अर्डर गरे पश्चात् ढुवानी सेवामा कार्यरत सबैभन्दा ठूलो चिनियाँ कम्पनी मुसा टान्सपोर्टले रसुवागढी पु¥याइ छिटोछरितो सेवा दिँदै आएको बताइएको छ ।

चितवन। चितवनको रत्ननगर नगरपालिका–९ टिकौली जङ्गलको नजिकै घर भएकी कुमारी विकको दैनिकी आजभोलि पूर्व–पश्चिम …