अब काठमाडौंमा गाडी चढ्ने बित्तिकै १८ रुपैयाँ तिर्नुपर्ने

२०७८ कार्तिक १ गते प्रकाशित

काठमाडौं । बागमती प्रदेशभित्र सार्वजनिक सवारीको भाडादर बढेको छ । प्रदेश सरकारले बढाएको भाडा दर आजदेखि लागू भएको हो । बढेको भाडा दर लागू भएसँगै अब काठमाडौँमा गाडी चढ्ने वित्तिकै यात्रुले १८ रुपैयाँ तिर्नुपर्ने भएको छ ।

बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले गरेको निर्णय अनुसार पाँच किलोमिटर यात्रा गर्ने यात्रुले पनि १८ रुपैयाँ भाडा तिर्नुपर्नेछ ।

त्यस्तै १० किलोमिटरसम्म यात्रा गर्ने यात्रुले २३ रुपैयाँ, १५ किलोमिटरसम्मको यात्रा गर्नेले २७ रुपैयाँ, २९ किलोमिटरसम्मको यात्रा गर्नेले ३० र २० किलोमिटरभन्दा धेरै दुरीको यात्रा गर्नेले ३५ रुपैयाँ तिर्नुपर्नेछ । यो प्रदेशभित्र लामो दुरीको पनि हवाई भाडा बढेको छ ।