सरकारले क्षतिको विवरण संकलन गरी किसानलाई राहत दिने

२०७८ कार्तिक ३ गते प्रकाशित

काठमाडौं । सरकारले बाढी र डुवानबाट क्षति ब्यहोरेका किसानलाई उचित राहत दिने जनाएको छ । निरन्तरको बर्षाका कारण देशभर बाढी र पहिरोले किसानको भित्र्याउने बेलाको धानबालीमा ठूलो क्षति क्षति पुर्याएपछि सरकारले यस्तो निर्णय गरेको हो ।

बुधबार बसेकाे मन्त्रिपरिषदको आकस्मिक बैठकले अन्नबालीमा भएको क्षतिको विवरण संकलन गरि उचित राहत व्यवस्था गर्ने निर्णय गरेको हो ।

सरकारले बाढी र पहिरोका कारण ज्यान गुमाएकाका परिवारलाइ २ लाख राहत दिने निर्णय गरेको छ ।