काठमाडौं । अविरल वर्षाका कारण धानबालीमा क्षति ब्यहोरेका किसानलाई राहत र क्षतिपूर्ति दिन राष्ट्रपति विद्यादेवी भण्डारीले आग्रह गरेकी छन् ।
बिहीबार विज्ञप्ति जारी गर्दै राष्ट्रपति कार्यालयले प्रकोपबाट प्रभावित खासगरी कृषिक्षेत्र नष्ट भएको धानबाली र विभिन्न भौतिक पूर्वाधारको राहत, क्षतिपूर्ति र पुनर्निर्माण सम्बन्धमा समन्वयात्मक रुपमा अघि बढ्न आग्रह गरेकि छिन् । ’ राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
यस्तै राष्ट्रपति भण्डारीले सम्पूर्ण राजनीतिक दल, सामाजिक संघसंस्था र समुदायलाई आवश्यक समन्वय र सहकार्यसहित पीडितहरुको उद्धार तथा राहत कार्यमा संलग्न हुन आग्रह गरेकी छिन् । राष्ट्रपति भण्डारीले भविष्यमा आइपर्ने प्राकृतिक प्रकोपबाट बच्ज सबै पक्षले सावधानी अपनाउनु पर्ने बताइन् ।
