काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले गरिबी निवारणका लागि मन्त्रालयले योजना बनाइ रहेको जानकारी दिए । आज यहाँ सञ्चारकर्मीसंग कुराकानी गँदै उनले अहिलेसम्म मन्त्रालयमा औपचारीक कार्यक्रम बाहेक केही नभएको जनाउँदै गरिबी निवारणका लागि योजना वनाएर काम गर्ने स्पष्ट पारे ।
उनले भन,े “गरिबी निवारणका लागि औपचारिक कार्यक्रम बाहेक केही नभएको रहेछ । अहिले योजना वनाउने काम भइरहेको छ ।” कर्मचारी गरिबी निवारण कसरी गर्न सकिन्छ भन्ने विषयमा कार्ययोजना बनाउने काममा व्यस्त रहेको उनको भनाइ थियो ।
फरक प्रसङ्गमा उनले सुकु्म्बासी समस्या समाधानका लागि संबिधान अनुरुप गरिने जानकारीदिए । उनले भने “जनताले संबिधान प्रदत्त अधिकार प्रयोग गर्न पाउनु पर्छ ।
” लामो समयदेखि सुकुम्बासी समस्या रहेको जनाउँदै उहाँले भूमिहीन जनताको छिटो व्यवस्थापन हुन्छ । उनले भने “भूमिहीन जनताले संबिधानले दिएको अधिकार उपभोग गर्न पाउँछन् ।” अघिल्लो आयोगले गरेका राम्रा कामको स्वामित्व लिदैं जनताका पक्षमा कामगर्ने उनको भनाइ थियो ।