मोरङमा ९४ तोला चाँदीसहित एक पक्राउ

२०७८ कार्तिक १० गते प्रकाशित

काठमाडौं । मोरङको रतुवामाई नगरपालिका–३ छालगाछीबाट ९४ तोला चाँदीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही स्थानका ३० वर्षीय धर्वेन्द्र शर्मा रहेको प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ । महादेवाबाट खटिएको प्रहरी टोलीले बिल नभएको चाँदीको तार बनाइ ल्याइरहेको अवस्थामा शर्मालाई पक्रउ गरेको हो ।

चाँदीसहित आवश्यक कारबाहीका लागि उनलाई भन्सार कार्यालय विराटनगर पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

मुस्ताङ। मुस्ताङको लोमान्थाङ गाउँपालिका–३ थिङगरका कृषकले बाँझो जमिनमा सामूहिकरूपमा व्यावसायिक आलुखेती गरेका छन् । …