काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ६७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ९ हजार ४ सय ९५ जनाको कोरोना परिएाण गर्दा सो संख्यामा कोरोना संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त भई ४९० जना घर फर्किएका छन् ।
भने आज कोरोना भाइरसका कारण ८ जनाको मृत्यु भएको छ । हाल देशभर १० हजार ३७५ जना सक्रिय संक्रमित रहेका छन् ।