उद्योग वाणिज्य सङ्घको अध्यक्ष पदमा गुप्ता विजयी

२०७८ कार्तिक १० गते प्रकाशित

काठमाडौं । उद्योग वाणिज्य सङ्घ मकवानपुरको अध्यक्ष पदमा कृष्णकुमार गुप्ता (अग्रवाल) आज विजयी भएका छन् । सङ्घका पूर्वअध्यक्षसमेत रहेका राजकुमार न्यौपानेलाई पराजित गर्दै अग्रवाल विजयीभएको सङ्घले जनाएको छ ।

गुप्ताले एक हजार २४६ मत र उहाँका निकटतम प्रतिद्वन्द्वी न्यौपानेले एक हजार १५५ मत प्राप्त गरेका थिए । सङ्घको ५४÷५५औँ साधारणसभा तथा अधिवेशनवाट गुप्ता तीन वर्षे कार्यकालका लागि विजयीभएका हुन् ।

गुप्ताको प्यानलबाट वाणिज्यतर्फको उपाध्यक्ष पदमा अनिल अग्रवाल र उद्योगतर्फको उपाध्यक्ष पदमा प्रमोदसिहं रानाभाट विजयी भएका छन् । त्यस्तै वस्तुगत उपाध्यक्ष पदमा राजु अधिकारी र एशोसिएट उपाध्यक्ष पदमा उज्ज्वल चौलागाईं विजयी भएको बताइएको छ ।

मुस्ताङ। मुस्ताङको लोमान्थाङ गाउँपालिका–३ थिङगरका कृषकले बाँझो जमिनमा सामूहिकरूपमा व्यावसायिक आलुखेती गरेका छन् । …