थप ५९१ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

२०७८ कार्तिक ११ गते प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ५९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ५ सय ५ जनाको कोरोना परिक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।

आज ६६४ जना कोरोना संक्रमणमुक्त भई घर फर्किएका छन् । भने सोही अवधिमा २ जनाको मृत्यु भएको छ । बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ११ हजार ४०७ पुगेको छ । यो सँगै नेपालमा मृत्‍यु हुनेको संख्या ११ हजार ३८२ पुगेको छ ।