देशभरका किसानलाई धान भित्र्याउने चटारो, कस्तो रहँला तीन दिनको मौसम ?

२०७८ कार्तिक २३ गते प्रकाशित

काठमाडौं । यतिबेला देशभरका किसानलाई धान भित्र्याउने चटारो छ । कात्तिक लागेसँगै धान काट्ने र थन्क्याउन ब्यस्त रहेका किसान आफ्नो खेत–खेतमा छन् । यसबीचमा महान पर्व दशैं र तिहारको रौनक पनि सकिएको छ । किसानका लागि यो बेला मानो रोपेर, मुरी भित्र्याउने बेला पनि हो । आगामी मंसिर भरी नै किसानलाई धानखेती भित्र्याउने ब्यस्तता बढेकै हुन्छ ।

अधिकांश तराईका जिल्लामा धान काटिसकिएको छ भने पहाडी र मध्य पहाडी क्षेत्रका किसान धान स्याहार्न भ्याई नभ्याई यतिबेला । किसानलाई एउटै चिन्ता छ, कि बेमौसमी बर्षा भएर भित्र्याउने बेलाको धानलाई बिगार पार्ने पो हो कि । यसअघि गत असोज ३१ देखि असोज २ गतेसम्म परेको अविरल बर्षाले मुलुकका विभिन्न जिल्लाका किसानको धानबालीमा क्षति पुर्याएको थियो ।

त्यसैले, कृषकहरुका लागि आगामी तीन दिनसम्मको मौसमसम्वन्धी जानकारी पाउनु महत्वपूर्ण हुन्छ । मौसम पूर्वानुमान विभाग, कृषि अनुसन्धान परिषद्(नार्क) र कृषि सुचना तथा प्रशिक्षण केन्द्रको समन्वयनमा तयार पारिएको मौसम विश्लेषणअनुसार, हाल नेपालमा कुनै उल्लेखनिय मौसमी प्रणालीको असर छैन। हाल देशको पहाडी भू–भागमा आंशिक बदली र बाँकि भू—भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान गर्दा, २०७८ कार्तिक २३ गते (मंगलबार) दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ।

राती देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। २०७८ कार्तिक २४ गते (बुधबार) दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका भू–भागमा आंशिक देखि सामान्य बदली र बाँकी भू—भागमा मौसम सामान्यतया सफा रहने छ। राती देशको पहाडी भू—भागमा आंशिक बदली रहि बाँकी भू—भागमा मौसम सामान्यतया सफा रहने छ।

त्यस्तै, २०७८ कार्तिक २५ गते (बिहिबार) दिउँसो देशको पहाडी भू—भागमा आंशिक देखि सामान्य बदली र बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहने छ।राती देशको पहाडी भू(भागमा आंशिक बदली रहि बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ।

आगामी २४ घण्टाका लागि प्रदेश न १ र गण्डकी प्रदेशका हिमाली भू—भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेकोले सामान्य सतर्कता अपनाउ किसानलाई विभागले आग्रह गरेको छ ।

अर्घाखाँची–अर्घाखाँचीका एक साधारण किसानले सिंहदरबार पुनर्निर्माण तथा घाइतेको उपचारका लागि अकबरे खुर्सानी बेचेर संकलन …