निरु दाहाल पाण्डे सचिवमा बढुवा

२०७८ कार्तिक २३ गते प्रकाशित

काठमाडौं । सरकारले कृषि तथा बन सेवा समुहीकरणतर्फ निरु दाहाललाई राजपत्राङ्कीत बिशिष्ठ श्रेणीमा बढुवा गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको हो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सह–सचिवसमेत रहेकी पाण्डे सचिवमा बढुवा भएकी हुन् । उनी यसअघि कृषि सुचना तथा प्रशिक्षण केन्द्र, कृषि विभागलगायत प्रदेश तहमा समेत जिम्मेवारी सम्हाल्दै मन्त्रालयमा सरुवा भइ आएकी थिइन् ।