काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ४४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ६ हजार ८१४ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। यस्तै २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ कोरोना संक्रमण मुक्त भई ४७४ जना घर फर्किएका छन् ।
नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या ९ लाख १० हजार ७३८ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ४६० पुगेको छ ।