काठमाडौं । खाना पकाउने ग्याँसको मूल्य बढेको छ। नेपाल आयाल निगमले खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर ७५ बढाएर १ हजार ५ सय ७५ रुपैयाँ पुर्याइएको हो।
निगमका अनुसार पेट्रोलियम पदार्थको मूल्य पनि फेरि बढेको छ। नेपाल आयल निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल(मट्टितेलको मूल्य बढाएको हो। निगमले हरेकमा प्रतिलिटर ३–३ रुपैयाँले मूल्यवृद्धि गरेको छ।
निगमका अनुसार पेट्रोल १ सय ३६, डिजेल १ सय १९ र मट्टितेल १ सय १९ रुपैयाँ प्रतिलिटर पुगेको छ। त्यस्तै आन्तरिक हवाइ इन्धनको मूल्य पनि बढाएको छ। निगमले हवाइ इन्धन ५ रुपैयाँ प्रतिलिटर बढाएको छ।
आन्तरिक हवाइ इन्धनको मूल्य १ सय १ रुपैयाँ प्रतिलिटर र बाह्य हवाइ इन्धनको मूल्य ८ सय ९५ अमेरिकी डलर प्रतिकिलो लिटर पुगेको छ। ५ डलर बढेर उक्त डलर कायम भएको हो। आजको अन्नपूर्ण पोष्टबाट
