काठमाडौं । मंसिर १ गते राष्ट्रिय चिया तथा कफी विकास बोर्डले १७ औं राष्ट्रिय कफी दिवश मनाउँदैछ । कफी उत्पादक किसान, स्टेट, प्रशोधक, बिक्रेता, कफी उपभोक्ता र कफीलाई माया गर्ने सबै नेपालीहरुको राष्ट्रिय पर्वको रुपमा रहेको ‘राष्ट्रिय कफी दिवश’ मनाउन लागिएको हो ।
१७ औं राष्ट्रिय कफी दिवशका अवसरमा ‘कफी किसानलाई संरक्षण र प्रोत्साहन, व्यवसायिक कफी उत्पादनमा युवाको योगदान’ मूल नारा तय गरिएको छ । खासगरी, कफी उत्पादनमा युवापुस्ताको आकर्षण बढाउने गरी मूल नारा तय गरिएको हो ।
कफीसँग सरोकार राख्ने सबैल आ–आफ्नो ठाउँबाट हर्षोल्लासका साथ कफी दिवश मनाउन बोर्डले आग्रह गरेको छ । दिवशको मूल समारोह यस पटक काठमाडौंमा मनाउने कार्यक्रम छ । बोर्डको केन्द्रीय कार्यालय कीर्तिपुरमा बुधबार हुने मूल समारोहमा कृषिमन्त्री महिन्द्र राय यादवको प्रमुख आतिथ्यता रहने छ ।