काठमाडौं । कर्णाली प्रदेशका नवनियुक्त भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर शाहीले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।
मन्त्री शाहीले कर्णाली प्रदेशका प्रमुख तिलक परियारसमक्ष मङ्गलबार शपथग्रहण गरेका हुन । शाहीलाई कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले मङ्गलबार नियुक्त गरेका थिए । मुख्यमन्त्री शाहीले भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीमा शाहीलाई नियुक्त गरेपछि प्रदेश सरकारको मन्त्रिपरिषद् दुई सदस्यीय बनेको छ ।
मन्त्री शाहीले मङ्गलबार नै पदबहाली गरेका छन् । सत्ता गठबन्धन दल नेपाली कांग्रेस, नेकपा ९माओवादी केन्द्र० र नेकपा ९एकीकृत समाजवादी०को संयुक्त बैठकले शाहीलाई मन्त्रीमा सिफारिस गरेको थियो । उनी नेकपा (एकीकृत समाजवादी) पार्टीबाट कर्णाली प्रदेशसभा सदस्य छन् ।