घट्यो सुनको मूल्य, कतिमा हुदैँछ कारोबार ?

२०७८ मंसिर १ गते प्रकाशित

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ५०० ले घटेसँगै छापावाल सुन प्रतितोल ९४ हजार ३०० र तेजाबी सुनको मूल्य ९३ हजार ८०० रुपैयाँमा कारोबार भैरहेको छ ।

हिजो मंगलबार छापावाल सुन प्रतितोला ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुन प्रतितोला ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ ।आज चाँदी प्रतितोला १२ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।