‘चिया र कफीक्षेत्रका नीतिगत सवालमा सहजीकरण गर्न तयार छु’–कृषिमन्त्री यादव

२०७८ मंसिर १ गते प्रकाशित

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवले चिया र कफीक्षेत्रका नीतिगत समस्या र सवालमा सहजीकरण गर्न आफु तयार भएको बताएका छन् । विश्व बजारमा पहिचान कायम गरेको नेपाली कफी र चिया उत्पादन, बजारीकरण वा अन्य नीतिगत सुधारका लागि आफु तयार रहेको बताए ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजनामा सम्पन्न १७ औं राष्ट्रिय कफी दिवशका अवसरको मूल समारोह कार्यक्रम बोल्दै उनले चिया र कफीको उत्पादन, बजारीकरण र प्रवद्र्धनका सन्दर्भमा देखिएका समस्या र नीतिगत सवालमा सहजीकरण गर्न आफु प्रतिवद्ध भएको बताए ।

उनले भने, ‘विश्व बजारमा पहिचान बनाएको नेपाली कफी र चियाको उत्पादन, बजारीकरण, प्रवद्र्धन र अन्य कुनै नीतिगत सवालहरु छन् भने यस्ता बिषयमा सहजीकरण गर्न म तयार छु ।’

बोर्डले विदेश जाने युवाजनशक्तिलाई कफी उत्पादनमा जोड्न सकेमा नेपाली कफी र चियाक्षेत्रले अर्थतन्त्रमा थप टेवा दिने उनले बताए । कफीको उत्पादन, बजारीकरण र प्रवद्र्धनमा सबै साना, मझौला तथा ठूला सबै किसानको समान पहुँच र सहभागीता कायम गर्दै उचित मूल्य र सरकारी सेवासुविधामा पहुँच विस्तार हुनुपर्ने बताए ।

उनले सबै किसानलाई बाली बिमामा जोड्न बोर्डले सहज उपाय अपनाउनुपर्ने बताए । बोर्डले प्रदेश तहमा आफ्ना आधार वा केन्द्र खडा गरेमा कफी तथा चिया किसानलाई बीमामा जोड्न सकिने बताए । कफी किसानका लागि गोदाम, भण्डारगृह निर्माणलगायतका कुरामा अनुदान दिने गरी योजना बनाइएको उनले बताए । चियाको पहिचान र संरक्षण गर्ने दायित्व बोर्डको रहेको उनले बताए ।

सो अवसरमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव निरु दाहाल पाण्डेले पछिल्लो पटक कफी उत्पादन घटेको तर निर्यात बढेको अवस्थामा उत्पादन किन घट्यो भन्ने कुरा अनुसन्धानका क्षेत्रमा पहल गर्नुपर्ने बताइन् । उनले कफी उत्पादन बढाउन के गर्नुपर्ने हो भन्ने बिषयमा बोर्ड र नेपाल कृषि अनुसन्धान परिषद्(नार्क) बीच समन्वयात्मक भूमिक खेल्नुपर्ने बताइन् ।

उनले कफी तथा चिया उत्पादक किसानलाई आफ्ना योजना पालिका तहमा लिएर जान आग्रह गरिन् । कार्यक्रममा अन्य सहभागीत प्रतिनिधीले पनि आफ्नो मन्तव्य राखेका थिए । बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराइले नेपालमा चिया तथा कफी उत्पादनको सम्भावना उच्च भएकाले आर्थिक समृद्धिका लागि बोर्डको नीतिअनुसार निजीक्षेत्रका किसान र व्यवसायीले भूमिका खेल्नुपर्ने बताए ।

त्यसका लागि बोर्डको एकद्धार ‘वान डोर’ प्रणालीमार्फत सबै किसान र व्यवसायीहरुले उत्पादन, बजारीकरण र प्रवद्र्धनमा जोड दिनुपर्ने बताए ।

अर्घाखाँची–अर्घाखाँचीका एक साधारण किसानले सिंहदरबार पुनर्निर्माण तथा घाइतेको उपचारका लागि अकबरे खुर्सानी बेचेर संकलन …