थप ४१२ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

२०७८ मंसिर १ गते प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ४१२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ११ हजार ९९३ जनामा भएको परीक्षणमा ४१२ जनामा संक्रमण देखिएको हो । यसैगरी आज कोरोना संक्रमणमुक्त भई २०२ जना घर फर्किएका छन् भने १ जनाको मृत्यु भएको छ ।

हालसम्म कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ४८३ जना पुगेको छ