काठमाडौं । कृषि ग्रुपले नेपालमै पहिलो पटक फर्मा ब्रान्डको ट्याक्टर भित्र्याएको छ । युरोपेली ब्रान्डको उक्त ट्याक्टरको बुधबार होटल सोल्टीमा लन्च गरिएको हो । जिपीएसको माध्यमबाट काम गरे नगरेको, तेल, इन्जिनको अवस्था घरमै बसेर मोबाइल मार्फत हेर्न सकिने फोर्मा ट्याक्टरको विशेषता हो ।
अरु ट्याक्टरको तुलनामा बलियो, तराई तथा पहाडी जुनसुकै क्षेत्रमा पनि सजिलै प्रयोग गर्न सकिने प्रविधि जडित भएकोले फोर्मा ट्याक्टर नेपालमा भित्र्याएको कृषि ग्रुपले जनाएको छ ।
कृषि ग्रुपले अन्तर्गतको यती टेक्निक फाम प्रा।लिले नेपाली बजारमा फोर्मा ट्याक्टर भित्र्याएको छ । यती टेक्निक फाम प्रा।लि फोर्मा ट्याक्टरको आधिकारिक बिक्रेता पनि बनेको छ । नेपाली बजारमा पहिलोपटक ल्याएको फोर्मा ट्याक्टर बुधबार सोल्टी होटलमा एक कार्यक्रमका बिच अर्थमन्त्री जर्नादन शर्माले उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा बोल्दै अर्थमन्त्री शर्माले कृषि यन्त्र वितरण मात्र गर्दा परनिर्भरता बढ्ने भएकाले उत्पादनलाइ पनि ध्यानदिन आवश्यक रहेको बताए ।
मन्त्री शर्माले नेपालमै फोर्मा ट्याक्टर उत्पादन गर्न थाल्ने हो भने सरकारले कम्पनीको आवश्यकता अनुसार माग भए बमोजिमको जग्गा उपलव्ध गराउने बताएका छन् । उनले उद्योग संचालनका आगि आवश्यक सहुलियत दरमा विद्युत उपलव्ध गराउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
यता कृषि ग्रुपकाका अध्यक्ष तेजबिक्रम थापाले कृषि ग्रुपले अन्तर्गत दुइदर्जन भन्दा बढी कम्पनीहरु सञ्चालनमा रहे पनि मुख्य लगानी कृषि क्षेत्रमा रहेको जानकारी दिएका छन् । अध्यक्ष थापाले कृषि क्षेत्रको उत्पादनलाइ बृद्धि गर्नु नै आफ्नो मुख्य उद्देश्य भएको बताएका छन् । उनले अहिलेका किसानहरु प्रविधिसँग नजिक भएकै कारण किसानहरुकै चाहाना अनुरुप फोर्मा टयाक्टर भित्र्याएको समेत बताए ।
कृषिग्रुपले एवम् यति टेक्निक फाम प्रालिका बजार प्रमुख अनिल श्रेष्ठले फोर्मा टयाक्टर आधुनिक प्रविधियुक्त ट्याक्टर भएकोले किसानको रोजाईमा पर्ने बताए । उनले कृषि क्षेत्रलाई पुरानो ढर्राबाट उन्मुक्तिका लागि पनि फोर्मा ट्याक्टरको आवश्यकता भएको बताए । बजार प्रमुख श्रेष्ठले कृषि ग्रुपले किसानको आवश्यकता अनुसार काम गर्ने पनि बताए ।
अहिले भारतको स्वामित्वमा रहेको फोर्मा ब्राण्डको ट्याक्टर युरोपेली प्रविधिका साथै भारतमा अत्याधुनिक प्रविधिबाट बनाएर विश्वबजारमा निर्यात गर्दे आएको छ । फोर्मा ब्राण्ड परम्परागत युरोपेली कृषि र मोटर वाहन डोमेनमा ७५ वर्ष पुरानो कम्पनी हो । यो बोटोसानीको रोमानियाली टाउन शिपमा आधारित भएको र रोमानियाली स्टक एक्सचेन्जमा दर्ता गरिएको ट्याक्टर हो । फोर्मा टयाक्टरको अन्तर्राष्ट्रिय व्यापार प्रमुख अजय मल्लिकले फर्मा ब्रान्डको ट्याक्टरको नेपालको भुगोल सुहाउँदो भएकाले किसानहरुको हितमा रहेको बताए ।
यति टेक्निक फाम प्रालिले फोर्मा ट्याक्टरको बुटवल, पोखरा, विरगन्ज, नारायणघाट, बिर्तामोड र सुर्खेतमा शाखा विस्तार गरिसकेको छ । धनगढी, नेपालगन्ज, विराटनगर र जनकपुरमा पनि छिट्टै शाखा विस्तार गर्ने योजना रहेको जनाएको छ । फोर्मा ट्याक्टरमा स्मार्ट आई सिस्टम, जीपिएस सिस्टम, ४० देखि ७५ हर्स पावर क्षमता रहेको छ ।
जिपीएसको माध्यमबाट काम गरे नगरेको, तेल, इन्जिनको अवस्था घरमै बसेर मोबाइल मार्फत हेर्न सकिने फोर्मा ट्याक्टरको विशेषता हो । कृषि ग्रुपलेले विगत २२ बर्षदेखि युवाहरुलाई स्वदेशमै कृषि मार्फत रोजगारी सिर्जना गरेर विदेश जाने युवाहरुलाई रोक्ने मुख्य लक्ष्य लिएर विभिन्न क्षेत्रमा काम गर्दै आएको छ । कृषि ग्रुपलेले सहकारी, स्वास्थ्य, कृषि मार्ट, कृषि फार्म, सञ्चार, मल उत्पादन लगायतका क्षेत्रमा काम गर्दै आएको छ ।