घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

२०७८ मंसिर ३ गते प्रकाशित


काठमाडौं । आज शुक्रबार सुनको मूल्य घटेको छ । आज शुक्रबार प्रतितोला १ सय रुपैयाँले सुनको मूल्य घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ४ सय रहेको छ भने तेजावी सुनको मूल्य ९३ हजार ९०० रुपैयाँ रहेको छ ।

यसअघि बिहीबार छापावाल सुनको भाउ तोलाको ९४ हजार ५०० रुपैयाँ कायम रहेको थियो । भने तेजावी सुनको मूल्य तोलाको ९४ हजार रुपैयाँ निर्धारण भएको थियो ।

आज चाँदीको मूल्य प्रतितोला १२७५ रुपैयाँ कायम गरिएको छ । बिहिबार चाँदीको मूल्य भने १२८० रुपैयाँ रहेको थियो ।