काठमाडौं । यसवर्षको पाँचौ राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी–२०७८ हुने भएको छ । आगामी माघ ५,६,७ र ८ गते चितवन एक्स्पो सेन्टर भरतपुरमा हुने प्रदर्शनीमा कृषि यन्त्र, औजार, उपकरण र प्रविधिको बृहत प्रदर्शनी राखिने भएको हो ।
नेपाल कृषि मेसिनरी व्यवसायी संघ, कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको संयुक्त आयोजना हुने प्रदर्शनी चितवनको भरतपुर प्रदर्शनी स्थलमा हुने छ ।
प्रदर्शनीमा १५० भन्द्या बढी प्रदर्शनीकर्ता वा स्टलहरु रहनेछन् । विभिन्न २० ओटा मुलुकका कृषि यन्त्र, औजार तथा उपकरणहरु प्रदर्शनीमा राखिनेछ । करिब २ हजार प्रकारका विभिन्न मेसिनरी उपकरण तथा औजारहरु प्रदर्शनीमा राखिने आयोजकले जनाएको छ। चार दिनसम्म चल्ने प्रदर्शनीमा झन्डै १ लाखभन्दा बढी अवलोकर्ताको सहभागीता हुने र २० करोडभन्दा बढीको कारोबार हुने जनाइएको छ ।
कृषिकलाई आधुनिक कृषि यन्त्र तथा प्रविधिको बारेमा जानकारीमार्फत आधुनिक प्रविधिमा बहुआयामिक व्यवसायिक कृषिमा आकर्षित गराई देशको कृषि उत्पादन वृद्धि गर्ने प्रदर्शनीको मूख्य लक्ष्य छ ।