फेरी घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२०७८ मंसिर ८ गते प्रकाशित

काठमाडौं । आज सुनको मूल्य घटेको छ । आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५ सयले घटेको हो । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९२ हजार ३ सयमा कारोबार भएकोमा आज प्रतितोला ९१ हजार ८ सयमा कारोबार भैरहेको छ ।

आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ८ सय र तेजावी सुनको मूल्य ९१ हजार ३ सयमा कारोबार भैरहेको महासंघले जनाएको छ । छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । हिजो १२५५ मा कारोबार भएको चाँदी आज ३० रुपैयाले घटेर प्रतितोला १२२५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।