काठमाडौं । हिउँदे वर्षाले जुम्लाका किसानलाई राहत भएको छ । हिउँदे बालीनाली उत्पादन गर्ने याममा वर्षा हुँदा यहाँका किसानलाई निकै राहत हुने तातोपानी गाउँपालिका–४ का स्थानीयवासी प्रेमराज पाण्डेले बताए ।
जिल्लाका कतिपय ठाउँमा गहुँबाली छर्न बाँकी रहेकाले पानी परेपछि किसानले सहज भएको कृषि विकास कार्यालयले जनाएको छ । सिँचाइ सुविधा नभएर गहुँ छर्न पाएका थिएनौँ ।
वर्षापछि गहुँ छर्ने तयारी गरेका छौँ तिला गाउँपालिका–१ का स्थानीयवासी माने रावतले भने, “पानी परेकाले ज्यादै खुसी छौँ ।” सिँचाइको अभाव भएको ठाउँमा गहुँबाली खेतमा उत्पादन भएको थिएनन् । सिँचाइ सुविधा नभएको ठाउँका लागि हिउँदे वर्षाले सघाएको छ । ”
गहुँबालीका लागि मात्रै नभएर हिउँदे फलफूलकादेखि स्याउका नयाँ बिरुवालाई राहत गरेको छ । हिउँदे फलफूलका बिरुवा रोप्ने समय आएको छ । फल लाग्ने हिउँदे फलफूलका लागि पनि वर्षा आवश्यक छ ।